शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • साल नझरेकी सुत्केरीको हेलिकप्टरबाट उद्दार

साल नझरेकी सुत्केरीको हेलिकप्टरबाट उद्दार

  • बुधबार, फाल्गुन ८, २०७५
साल नझरेकी सुत्केरीको हेलिकप्टरबाट उद्दार

डोल्पाः डोल्पाकी एकजना सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ । काइके गाँउपालिका–२ की ४० वर्षीया शान्ति बुढाको साल अड्किएपछि मंगलबार उपचारको लागि हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेजमा लगिएको हो ।

शहरताराको प्रसुतिगृहमा सुत्केरी भएकी बुढाको छोरा जन्मिएको १२ घण्टासम्म साल नझरेर रगत बगेपछि जिल्ला अस्पतालले रेफर गरेको थियो । उनको रगत धेरै बगिसकेकोले डोल्पामा उपचार गर्न असम्भव भएकोकोले कोहलपुरका लागि रेफर गरिएको हो ।

जिल्लामा ब्लड बैँक नभएकै कारण सुत्केरी बुढाको ज्यान जोगाउन सुविधायुक्त अस्पतालमा रेफर गरिएको जिल्ला अस्पताल डोल्पाका प्रमुख चिकित्सक सिजन रावलले जानकारी दिए ।

‘बिरामीको रगत धेरै बगेको छ, समयमा सुविधायुक्त ठाउँमा हेलिकप्टरमै स्लाइन लगाएर कोहलपूर मेडिकल कलेजमा पठाइएका हौं’ उनले भने । घर नजिकैकको बर्थिङ्ग सेन्टरमा बच्चा जन्मिए पनि साल ननिस्कँदा हेलिकप्टरबाट कोहलपुर पुर्‍याइएको पति तेजेन्द्र बुढाले बताए ।

शहरताराबाट स्थानीय र प्रहरीले स्टेरचरमा बोकेर पाँच घण्टा लगाएर साँझ दुनै पुर्‍याएका थिए । जिल्ला अस्पतालमा ब्लड बैँक नहुँदा सुत्केरी लगायत रगत धेरै चाहिने बिरामीलाई रेफर गराउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालले जनाएको छ ।

अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार