बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका कार्यकर्ता पक्राउ

अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका कार्यकर्ता पक्राउ

  • बुधबार, फाल्गुन ८, २०७५
अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका कार्यकर्ता पक्राउ

८ फागुन, काठमाडौं । प्रहरीले विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडिबाट नियन्त्रणमा लिएको छ ।

बढ्दो भ्रष्टाचार तथा बेथितिको छानबिन माग गर्दै बुधबार बिहान विवेकशील साझाले अख्तियार अगाडि धर्ना कार्यक्रम राखेको थियो ।

‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशीलका कार्यकर्ताले धर्ना दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अख्तियार अगाडि धर्ना तथा नारावाजी गरेर अवरोध गरेपछि प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकाहरुको संख्याबारे भने खुलाएको छैन । प्रदर्शनकारीलाई प्रहरीले गाडीमा हालेर लगेको छ ।

अनलाइृन खवरबाट

चर्चामा

सम्बन्धित समाचार