शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • रोकियो नीताको निर्मात्री बन्ने योजना

रोकियो नीताको निर्मात्री बन्ने योजना

  • बुधबार, फाल्गुन ८, २०७५
रोकियो नीताको निर्मात्री बन्ने योजना

करिब २ बर्ष अगाडि नायिका नीता ढुंगानाले जन्मदिनको अवसर पारेर चलचित्र निर्माण गर्ने घोषणा गरिन् । तर, घोषणा भएको दुई वर्ष बितिसक्दा पनि उक्त चलचित्रको काम सुरु भएको छैन । नायिका नीता ढुंगाना आफूले लगानी गर्ने मान्छे नपाएकोले चलचित्रको काम रोकिएको बताउँछिन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्–‘अरु सबै तयारी पूरा भइसकेको छ । तर, कुरा पैसामा आएर अड्किएको छ ।’

आफूले सबै पैसा लगानी गर्न नसक्ने र त्यसमा लगानी गर्ने कोही पार्टनरको खोजी भइरहेको नीताले बताइन् । ‘एउटा पूर्ण चलचित्र निर्माण गर्ने बजेट मसँग छैन । त्यसमा मलाई कसैको साझेदारी चाहिन्छ नै’, उनले भनिन्, ‘एक जना भेटिनु भएको थियो । उहाँले पनि पछि धोका दिनुभयो ।’ नीता राम्रो चलचित्र बनोस् भन्ने सोचमा छिन् । चलचित्रमा लाग्ने खर्चमा कुनै लोभ नगर्ने उनको योजना छ । ‘थोरै लगानीमा मैले चलचित्र सुरु गर्न सक्थेँ होला तर मैले त्यस्तो गर्दिनँ’, उनले थपिन्, ‘यदी मैले कुनै कुरामा कन्जुस्याँई गरेर राम्रो गर्न सकिन भने निर्माताको रुपमा त म असफल हुन्छु नि । त्यसैले हतार छैन ।’ नीता कोही लगानीकर्ता भेटिने बित्तिकै सुटिङ सुरु गर्ने तयारीमा छिन् ।

अनलाइृन खवरबाट

चर्चामा

सम्बन्धित समाचार