शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सहजपुर–बोगटान सडकको ३१ बर्षपछि प्रधानमन्त्री ओलीद्धारा फेरी शिलान्यास

सहजपुर–बोगटान सडकको ३१ बर्षपछि प्रधानमन्त्री ओलीद्धारा फेरी शिलान्यास

  • मङ्लबार, फाल्गुन ७, २०७५
सहजपुर–बोगटान सडकको ३१ बर्षपछि प्रधानमन्त्री ओलीद्धारा फेरी शिलान्यास

३१ बर्ष अघि शिलान्यास भएको सडकको कालोपत्रेका लागि फेरि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्। सहजपुर–बोगटान सडकको आज प्रधानमन्त्री केपी शर्मा ओली पुनः शिलान्यास गर्नुभएको हो। डोटीको विपीनगरमा सडकको कालोपत्रेको प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन्।

सो सडक निर्माणका लागि २०४४ सालमा तत्कालीन जिल्ला पञ्चायतका सभापति तथा अहिलेको प्रदेश सभा सदस्य भरतबहादुर खड्काले शिलान्यास गरेका थिए। आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले डोटीको सडक शिलान्यास भएका क्षेत्रका अन्य समस्या समाधानका लागि पहल गर्ने बताए। सडकसँगै अन्य मागहरु ज्ञापन पत्र मार्फत बुझाईएकोले ती ज्ञापनपत्रमा लेखिएका मागहरु पुरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले गरे।

यअसघि प्रधानमन्त्री ओलीलाई प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभा सदस्यहरुले धनगढी विमानस्थलमा स्वागत गरेका थिए। यस्तै प्रधानमन्त्री ओलीले डडेल्धुराको स्याउलेमा बनेको चमेलिया जलविद्युत आयोजनाको सवस्टेशन पनि आजै उद्धघाटन गरेका छन्। यस्तै प्रधानमन्त्री ओलीले बुधबार विहान सुदूरपश्चिम प्रदेश सभालाई विहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको संम्वोधनका लागि प्रदेश सभामा तयारी गरिएको छ भने संम्वोधनको तयारी पनि पुरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले भोली नै धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा उहाँसंगै पुर्व प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको पनि सहभागिता रहने नेकपा सुदूरपश्चिमले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार