शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • भारतीय प्रेस लेख्छ, ‘नेपालमा वाक स्वतन्त्रता नियन्त्रणमा’

भारतीय प्रेस लेख्छ, ‘नेपालमा वाक स्वतन्त्रता नियन्त्रणमा’

  • सोमवार, फाल्गुन ६, २०७५
भारतीय प्रेस लेख्छ, ‘नेपालमा वाक स्वतन्त्रता नियन्त्रणमा’

काठमाडौं, फागुन ६ : ‘लुट्न सके लुट’ शिर्षकको गीतका कारण चर्चा कमाएका पशुपति शर्माको विषयलाई लिएर भारतीय संचार माध्यमहरुले नेपालमा वाक स्वतन्त्रता नियन्त्रित गर्न खोजेको भन्दै समाचार प्रकाशित गरेका छन् ।

‘टाइम्स अफ इन्डिया’को अनलाइन संस्करणमा प्रकाशित समाचारमा नेपाल सरकार र सत्तारुढ नेकपाका कार्यकर्ताहरुको दबाबका कारण गायक शर्माले गीत युट्युबबाट हटाएको जनाइएको छ । शर्माको गीतले शक्तिमा भएका मानिसहरुले गर्ने भ्रष्टाचार र अवलम्बन गर्ने विलासी जीवनशैलीको बारेमा व्यंग्य गरेको पनि समाचार उल्लेख गरिएको छ ।
गीतले नेपालका राष्ट्रपतिको महंगो जीवनशैली र सरकारी कर्मचारीहरुको भ्रष्ट जीवनशैलीप्रति पनि व्यंग गरेको भन्दै समाचारमा सरकार नियन्त्रित समाजतर्फ उद्यत रहेको संकेत गरिएको छ ।

उक्त समाचारमा प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने विधेयक संसदमा दर्ता गराएको पनि जनाइएको छ ।  चरित्र हत्या गर्ने र राष्ट्रिय सार्वभौमसत्तालाई असर पार्ने ठहर गरिएका सुचनाहरु फैलाउनेहरुलाई ५ वर्ष कैद वा १५ लाख सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान विधेयकमा रहेको भन्दै वाक स्वतन्त्रतामा कसि लगाउने सरकारको तयारीको समाचारमा आलोचना गरिएको छ ।

भारतको अर्को ब्रोडसिट दैनिक ‘दि इन्डियन एक्सप्रेस’को पनि अनलाइन संस्करणमा यस्तै आशयको समाचार प्रकाशित भएको छ ।

काठमाण्डाै प्रेसबाट साभार

चर्चामा

सम्बन्धित समाचार