शनिबार, फाल्गुन १२, २०८०
  • होमपेज
  • कला /साहित्य
  • लघु कथा : सङघर्ष जिबन बाबा नहुदाको पीडा

लघु कथा : सङघर्ष जिबन बाबा नहुदाको पीडा

  • सोमवार, फाल्गुन ६, २०७५
लघु कथा : सङघर्ष जिबन बाबा नहुदाको पीडा

रिता शाही (शाह)
म सधै आफुलाई आफुसङग तुलना गर्थे , मेरो जन्म भुमि सङग मान्छे माथिको साहस म बिकट ठाउँ को बिकट भुमिमा जन्मीए र पनि म यसमा गौरब ठान्थे भगवानले मेरो लागि रोजेर पठाएको ईस्थान भनेर
तर दुख लाग्दो कुरो म दुर्इ बर्स को हुदा नै मेरो बाबा लाई भगवान ले खोसेर लगेछ ,मलाई केथा आमले मलाई कसरी हुर्काउनु भो बढाउनु भो, र कसरी पढाउनु भो योविषयमा यदि मात्र हैन एउटा गाउँ मा रातो साडि र सिन्दुर पोते लगाएर बसिरहेको भिडमा मेरि आमा हिड्नु प्रदा उनिहरु को नजर मेरो आमा प्रति कस्तो रहन्थ्यो, एउटा २४ बर्ष को उमेर मै सेतो लुगा पहिरेर बस्नु प्रदाको पीडा मेरी आमा को मन कस्तो भयो होल अनि जिबन कसरी वित्यो हनेला कोटि कोटि प्रणाम आम हजुर लाई मेरो,
आफु भोकै बसेर मलाई माया दियर हुर्काउनु भो म तेहिबचपनको माया मा हुर्कियर आमा भन्दा अलि फरक बाटो हिडे बचपना मा केही थाहा थियन जब उम्मेर परिप्क्क हुँदै गयो अनि थाहा पाय गाउले र आफ्न्त नातेदार हरुले आमा माथि लगाउने नजर।म माथि सारेछन , सदै कुरो काट्थे बाउ लाई सानै मा मार्याे ,जवान भैसक्यो आमा लाई एक जोड कपडा फेर्न सक्या छैन ,पागल जस्तो भयर डुल्छ कुन दिन हाम्रो के विगार गरेर आमलाई छोडेर हिड्छ, मलाई मन दुख्थ्यो बुझ्थे पनि तर आमाले भन्नुभा सम्झन्थे (,बाबू सबै भन्दा माहान्ता सहनिल हो जे सुन्छौ सहेर बस्नु भगवान लाई सबै थाहा हन्छ,) अनि म सान्त झै देखिन्थे मन मा अनेक कुरो खेल्थे।
आमाले जसोतसो मेलापात गरेर।मास्टर सम्म पढाउनु भो पढे पनि सटिफिकेट हातमा आयो आम खुर्सि हुनुभाथ्यो अब त छोरोले कतै काम गर्छ कि भनेर,कोसिस न गरेको हैन सटिफिकेट आए देखि एक बर्ष सम्म नै सबै ठाउँ दौडे जागिरकै शिलशिला मा कतै कसै ले मलाई हेरेनन चिनेकै आसलाग्दा हरु बाट नि सपोट पायन ।
समाज को अगाडि केही गर्नु थियो अनि आमा को कपडा नि फेर्नु थियो म सोच्दा सोच्दा धेरै प्रेसर मा आय र अन्तिम निणर्य गरे ।
पैसा सम्पति मसङग केही थियन सम्पतिको नाम मा तेहि मास्टर पासको सटिफिकेट थियो आमा सल्लाहा गरे र तेहि सटिफिकेट धरौटि राखेर विदेश जाने सोच बनाय भिसा नि लगाय
भिसा आयो म मुर्छित भय जान मन नै थियन फेरि आफैले आफैलाई सम्महाले , आमा रोयर बेहोस हुनु भो सम्झाय विहान गरेर माईति घरमै बस्नु भा एकजना अस्मिता फूपू हुनुहुन्थ्यो अलि पढालेखि पनि हुनुहुथ्यो मैले आमा को बारेमा र मेरो बारेमा सबै कुरा गरे र उहाँ ले मलाई आस्वासन दिनु भो आमा को चिन्दा न लिनु म ख्याल गर्छु भनेर अलि आसा पलायो र म बिदेश तिर लागे।
तलब नि राम्रै थियो अनि काम पनि सधै आमा लाई पैसा पठाउन्थे कपडा फेर्ने मात्र हैन घडेरि घर र अलि अली सम्पति नि जोर्नु भो आमा ले सात साल बित्य पछि घर आए आमा को मुहार मा छुटै खालको खुर्सिपना देखे र मलाई नि खुर्सि लाग्यो ।
तर एउटा अर्काे कुरोले मन पिरोलि रहर्याे कि मेरो बाबा कस्तो हुनुहुन्यो अनि सपाना के थियो होला आज बाबा नि यो सन्सार मा हुनुहुन्यो भने कति खुर्सि हुनुहुन्थ्यो होला।
अनि बिस्तारै मन बुझाउदै गय ,जिन्दगि एक भोगाई रहेछ, सुख र दुस्ख को चौतारी रहेछ ,सबै खेल हरु भाग्य ले खेलाउदो रहेछ मानिस त त्यो भित्रकी पात्र मात्र रहेछु ।।

चर्चामा

सम्बन्धित समाचार