बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • इच्छा पुरा भएपछि, पुन : काँग्रेसमा फर्किए – रावल

इच्छा पुरा भएपछि, पुन : काँग्रेसमा फर्किए – रावल

  • सोमवार, फाल्गुन ६, २०७५
इच्छा पुरा भएपछि, पुन : काँग्रेसमा फर्किए – रावल

प्रकाश सिंह
बाजुरा, ६ फाल्गुण
नेपालि काँग्रेस बाजुराका पुर्व सभापति मान बहादुर रावल फेरि नेपालि काँग्रेस पाटिमा फर्किएका छन् । नेपालि काग्रेस बाजुराको फाल्गुण ३ गते बसेको बैठेकले कार्यवाहि फुकुवा गरि पाटिमा फिर्ता ल्याएको नेपालि काग्रेस बाजुराका सभापति कबिराज पण्डितले वताएका छन् । पाटिमा उहाँको बारेमा लामो छलफल र उहाँले पनि पाटिमा फिर्ता हुने भनेपछि जिल्ला कमिटिले कार्यवाहि फुकुवा गरी पाटिमा ल्याएको पण्डितले वताए ।
काँग्रेस फिर्ता भइसकेपछि रावलले भने स्वतन्त्र रहन निकै ग्राहो हुदो रहेछ । जुन पाटिमा लामो समय सँग काम गरिरहँदा अहिले पाटि र संगठनलाइ दुख दिएको आत्मागलानि पनि भएको थियो । जुन ठाँउमा लगानि थियो, त्यहि पाटिमा फिर्ता भएको नेता रावलले वताए ।
मान बहादुर रावलले २०७४ कार्तिक ८ गते काँग्रेस छोडेको बिज्ञप्ति मार्फत जानकारी गरेका थिए । बिज्ञप्ति सँग बाम गठबन्दनले सदरमुकाम मार्तडीमा आयोजना गरेको चुनावी सभामा काँग्रेस छोडेको चुनावमा बामगठबन्दनलाई सहयोग गर्न अपिल समेत गरेका थिए । रावल नेपाली काग्रेस बाजुराको २०४७ साल पौष देखी २०७२ साल भदौ सम्म पाटिको जिल्ला सभापति पदमा रहेका थिए । २०७० सालको दोस्रो संबिधान सभाको चुनामा नेपालि काग्रेस बाजुरा बाट चुनाव लडेका थिए । उहाँ नेकपा शुदुरपश्चिम अध्यक्ष कर्ण बहादुर थापा सँग पराजित भएका थिए ।
आफ्नो बिज्ञप्ती मार्फत तथा बडिमालिका खबर सँग आफुलाई हराउनेलाई टिकट काँग्रेसले दिएका कारणले उनलाइ हराउनका लागि मात्र नेकपालाई सहयोग गरेको वताएका थिए । जिन्दगि भर काँग्रेसलाइ मात्र जिवन दिएको तर पाटिले मलाई नै अन्याय गरेकोले पाटि छोडनु परेको पटक पटक बताँउदै आएका थिए । उनले पाटि छोड्दा गरेको बाँचा पुरा भएपछि मात्र उनि अहिले काग्रेस पाटिमा फिर्ता भएका छन् ।
रावल स्वतन्त्र भइरहेको बेला नेकपाले प्रदेश कमिटि सदस्यमा शिफारीस गरेको थियो । त्यो बेला पनि आफुलाई कुनै जानकारी बिना शिफारीस गरेको आफु कुनै पाटिमा नरहेको भन्दै बिज्ञप्ति निकाले थिए । तर नेकपाका केही नेताले भने उहाँले महत्वपुर्ण पद मागेका थिए, त्यो उहाँलाई दिन नसक्ने अबस्था भएपछि उहाँ काँग्रेसमै फिर्ता भएको वताएका छन् ।
पाटि छोडनुको मुख्य कारण
२०७० सालको दोस्रो संबिधान सभाको चुनामा नेपालि काग्रेस बाजुरा बाट टिकट पाए ; उनि पराजित भए । उनले टिकट पाइसकेपछि त्यो बेला काँग्रेस नेता पदम बहादुर शाहिले पनि पाटि परित्याग गरेका थिए । उनले पनि टिकट नपाएको भन्दै काँग्रेस छोडेर एनेकपा माओवादीमा प्रबेश भएका थिए । पछि पदम बहादुर शाहि पनि पुन काँग्रेस मै फिर्ता भएका थिए । २०७४ सालको राष्ट्रिय तथा प्रदेश सभाको चुनाबमा नेपालि काँग्रेसले २०७० सालको चुनावमा पाटि छोडेका पदम बहादुर शाहिलाई टिकट दियो । उनलाइ प्रदेश सभा बाजुरा ख प्रदेश बाट प्रत्यक्षको टिकट दिएको थियो । उनि नेकपाका केन्द्रिय सदस्य तथा शुदुरपश्चिम प्रदेशका आन्तरिक तथा मामिला मन्त्रि प्रकाश शाह सँग पराजित भएका थिए । पदम बहादुर शाहिलाई टिकट दिएकै कारणले मान बहादुर रावलले काँग्रेस छोडे र बामगठबन्दनलाई सहयोग गर्दै चुनावी प्रचारमा हुमिएका थिए । उनले आफुलाई हराउनेलाई टिकट दिएको भन्दै पाटि त्याग गरेको सार्वजनिक बिज्ञप्ति मार्फत जनाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार