मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • पोरखेमा सिमाना बिवाद चर्कीदै, कालाजाग्रामा अलग अलग मन्दिर

पोरखेमा सिमाना बिवाद चर्कीदै, कालाजाग्रामा अलग अलग मन्दिर

  • शनिबार, फाल्गुन ४, २०७५
पोरखेमा सिमाना बिवाद चर्कीदै, कालाजाग्रामा अलग अलग मन्दिर

प्रकाश सिंह
फाल्गुण ४
धार्मीक तथा पर्यटकिय सम्भाबना बोकेको पोरखेमा सिमाना बिवाद चर्कीदै आएको छ । बडिमालिका नगरपालिका र बुढिन्नदा नगरपालिका बिच सिमाना विवाद चर्किएको हो । फाल्गुण २ गते बडिमालिका नगरपालिकाले पर्यटन प्रबद्र्धन भन्दै पोरखे यात्रा तय गरेको थियो ।
बडिमालिका नगरपालिकाले पोरखेको काधमा र्बोड टास्ने बेला दुई समुह बिच विवाद भएको थियो । बडिमालिका नगरपालिकाले काँध हाम्रो सिमाना भएको भन्दै र्बोड टास्ने खोज्दा बुढिन्नदा नगरपालिका ९ र १० पाण्डुसेनका बासिन्दाले अबरोध पुयाएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख उद्धब सिंह भाटले वताएका छन् । झडप हुने स्थिति सिर्जना भएको थियो, सामान्य भनाभन र हात हालाहालको स्थिति सिर्जना भएको थियो, प्रहरी गएर नियन्त्रणमा लिएको भाटले वताए । पछि र्बोड नटास्ने सहमति भएको उनले वताए । जिल्ला समन्वय समिति संयोजक नरेन्द्र रोकाया प्रमुख अतिथि रहेको पोरखे यात्रामा अन्तमा विवाद उत्पन्न भएको हो । विवाद आउछ भनेर र्बोड नटास्ने सहमति भएको हो, एका एक बडिमालिका नगरपालिकाले जबरजस्त टास्न खोज्दा विवाद उत्पन्न भएको रोकायाले भने ।
उहाँहरुको सिमाना विवाद अहिले मात्र नभई पहिला देखि भएको पाईन्छ । बर्षातमा गाई भैसी चराउने बिषयमा गोठाला र गाँउले बिच सधै विवाद हुदै आएको थियो । अर्को कुरा त कालाजाग्रामा मन्दिर समेत अलग अलग निर्माण भएका छन् । बडिमालिका नगरपालिकाको मन्दिर फरक र बुढिन्नदा नगरपालिकाको मन्दिर फरक निर्माण भई फरक फरक पुजा हुदै आएको नेकपाका नेता पाण्डुसेन निवासि पुर रावतले वताएका छन्। सिमाना विवाद भएकै कारणले मन्दिर फरक फरक निर्माण भएको स्थानिय बताउछन् । पहिला त पाण्डुसेनका निर्माण गरेको हो, हामी सबै त्यसैमा पुजा गर्दै आएका थियौ, पछि बडिमालिका नगरपालिकाले अलग निर्माण गरेको पाण्डुसेनका एक स्थानियले वताए ।
फाल्गुण २ गते र्बोड टास्ने वेला विवाद भएपछि बडिमालिका नगरपालिका बासिन्दाले बाटुले पातलमा निर्माण गरेको मन्दिर भत्काएका थिए । बुढिन्नदा नगरपालिकाले हाम्रो सिमाना मन्दिर निर्माण गरेको भन्दै भत्काएको एक स्थानियले वताएका छन् । सिमाना विवाद भएकै कारणले पोरखे जंगल संरक्षण हुनु भन्दा काठ तस्करी र बन्यजन्तुको चोरि शिकार बढदै गएको छ । पटक पटक सामुदायिक बन बनाउनका लागि विवाद उत्पन्न हुदै आएको छ । बडिमालिका नगरपालिका पोरखेमा पर्यटन प्रबद्र्धनका लागि पोरखे यात्रा तय गरेको वताएको थियो । आन्तरीक पर्यटक बढाउने उद्देश्य र जिल्ला स्थित सरोकारवाला निकायको पहिचानका लागि यो कार्यक्रम गरिएको नगरपालिकाले वताएको छ । यो पोरखे यात्रा बुढिन्नदा नगरपालिका पुर रावतले भने यो सिमा विवाद उत्पन्न गर्ने खेल रहेको आफ्नो सिमाना कायम गर्नका लागि आयोजना गरेको आरोप लगाएका छन् । डिभिजन वन कार्यलय बाजुराले भने नापि गरे मात्र कस्को सिमाना कता हो भन्ने थाहा हुने वताएको छ । समयमै नापि कार्यालयलाई लिएर सिमाना निर्धारण गुर्न पर्ने कार्यलयले वताएको छ ।
के भन्छन् त सिमानाका बारे
पदम बढुवाल बडिमालिका नगरपालिका नगरप्रमख : पोरखेको काधँमा आफुहरुको सिमाना रहेको वताउछन् । बिचमा रहेको गुम्बा उता बुढिन्नदाको हो, यता हाम्रो सिमाना हो जस्ले जे भनेनी, भोक चलन त कोही कतै गर्छन, कोही कहाँ गर्छन्, त्यसो भए मार्तडीमा ९ वटै स्थानिय तहका बस्छन्, भोक चलन हाम्रो भन्दै आफ्नो हो भन्ने कहाँ पाउछन् ।
धर्मराज पाध्याय बडिमालिका ७ वडा अध्यक्ष : उसो त हाम्रो सिमाना काधँ भन्दा अलि उता हो, तर हामी बिवाद गर्न चाहादैनौ काधमा रहेको गुम्वा यता आफुहरुको रहेको दावी गर्छन् । जुगाडी राजाको दरबार त्यही पोरखेमा थियो, उहाँहरु बडिमालिका नगरपालिकाको हुन्, विवाद छैन खाली ल्याउन खोजिएको हो हाम्रो सिमाना काधँ सम्म हो ।
जनक बोहोरा नेकपा सचिवालय सदस्य तथा बुढिन्नदाका स्थानिय : आफुहरुको सिमाना बाटुले पातल सम्म रहेको हो । हाम्रा बाव् बाजे देखि भोकचलन हाम्रै नै रहेको छ, काधँ त धेरै यता हो, हाम्रो सिमाना बाटुले पातल सम्म रहेको वताए । हाम्रा अहिले पनि गोठछाना छन्, अर्को बाजेले राखेका सिलालेखले पनि सिमाना कस्को कती हो भन्नै प्रस्ट रहेको वताउछन् । आफुले सिमानाका बारेमा पटक पटक छलफल गर्न खोज्दा बडिमालिका नगरपाकिाले वेवास्ता गरेको वताउछँन् ।
पुर रावत नेता नेकपा तथा बुढिन्नदाका स्थानिय : पुर्खा देखि नै हाम्रो सिमाना धारे ढुङ्गा, हलेखाडा, बाटुले पातल, भासु पातल, तिउने, सुनपाँटा देखी उता आफुहरुको सिमाना रहेको वताए । गएको बर्ष मात्र भासु पातल देखि सड्क बुढिन्नदा नगरपालिकाले निर्माण गरेको वताउँछन् । भासु पातलमा मन्दिर समेत आफुहरुले निर्माण गरेको वताए । त्यस्ले पनि प्रमाणित गर्छ सिमाना कता हो भनेर अहिले उहाँहरुले विवादका लागि मात्र पोरखेको काधमा सिमाना भन्दै आएको वताउछन् ।

चर्चामा

सम्बन्धित समाचार