बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • विदेश भन्दा आफ्नै गाउँमा आम्दानी राम्रो

विदेश भन्दा आफ्नै गाउँमा आम्दानी राम्रो

  • शनिबार, फाल्गुन ४, २०७५
विदेश भन्दा आफ्नै गाउँमा आम्दानी राम्रो

नहकुल जोशी
कोल्टी बाजुरा
बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ का गोमा कार्कीको परिवारको दैनिकी आजभोली फेरिएको छ । विगत केहि बर्ष देखि तरकारी खेती गर्दै आएकी कार्की परिवारले मनग्य आम्दानी गर्न थाले पछि अहिले दम्पती नै खटिएर लागेका छन ।
केहि बर्ष पहिला बेरोजगारी भएर बस्नु परेपछि गोमा कार्कीका श्रीमान खडक कार्की कामका लागी कतार समेत पुगे । कतारको ५० देखी ५२ डिग्री घाममा पसिना बगाउदा आफ्नै देशमा केहि गर्ने सोच बनाए उनी नेपाल फेर्ता भएर तरकारी खेती गर्न थाले । फर्किए लगतै केहि जग्गा किनेर तरकारी खेतीमा लागेको कार्कीले बताए ।
कार्की दम्पतीले घरवरीपरिकै वारीमा तरकारी खेती गर्न थाले पछि अहिले छोराछोरी पढाउन, घरखर्च चलाउन मात्र नभई मेहेनत अनुसारको फलपनि प्राप्त हुदै गएको बताउछन् । तरकारी खेती गरेरै तीन जना छोरा छोरीलाई बोडिङ स्कुलमा पढाई रहेका दम्पतीले विदेशमा जानु भन्दा आफ्नै देशमा केहि गर्न र आफ्नै अधिनको जीवन जिउन युवाहरुलाई सुझाव समेत दिने गरेका छन ।
गाउँमा टमाटर, प्याज, आलु, सागसब्जी लगायतका अर्गानिक तरकारी पाउन थालेपछि अरुलाई पनि सजिलो भएको छ । आफूले पनि विक्रि गर्न वाहिर जानुपर्ने अवस्था नरहेको गोमा कार्कीले बताईन । ग्राहकलाई पु¥याउनै भ्याइ नभ्याई भएको बताउदै कार्कीले तरकारी खेती थप विस्तार गर्ने शोचमा रहेको बताईन । तरकारी बारीमा कहिलेकाँहि किरा लाग्ने, पात पहलो हुने र ढुसी लाग्ने समस्या भए पनि यसका लागि आफूहरुले गाईको गहुँतबाट घरेलु विषादी बनाएर छर्किने र प्राङगारिक मलको प्रयोग गर्नाले आफूले उत्पादन गरेको तरकारी स्वस्थ समेत भएको कार्की दम्पतीको भनाई रहेको छ ।
कामको खोजीमा कतिपय युवाहरु भौतारी रहेका बेला बुढीनन्दा नगरपालिका वडा नं १ मटेलाका यी कार्की दम्पतीको जीवन थप सुधार भएको स्थानियहरुले पनी बताउने गरेका छन । तरकारी खेती संगै कुटानी पिसानी मिल समेत सञ्चालन गरेका कार्की दम्पतीको बार्षिक बचत डेढ लाख बढी हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार