बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • समाज
  • रोग पाल्दै हलिया महिला

रोग पाल्दै हलिया महिला

  • शनिबार, फाल्गुन ४, २०७५
रोग पाल्दै हलिया महिला

प्रकाश सिंह

फाल्गुण, ४
बुढिन्नदा १ पिपलडाडी कि ६३ बर्षिय घिरु लुवारको तल्लो पेट दुखेको बषौ भईसकेको छ । ७ बच्चाको जन्म दिएकि घिरुले आर्थिक अभाबका कारण धेरै बर्ष देखि पेटको समस्या भएपनि आर्थिक अभाबले रोग पाल्दै आएकि छन् ।
“तिन वटा बच्चा पाए देखिनै तल्लो पेट दुख्न शुरु भएको हो, खानलाई हामि पैशा पाउदैनौ, अनि उपचार गर्नलाई कहाँ वाट ल्याउने घिरुले वताईन्” । नजिकै रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा गएपनि नेपालगञ्ज जाने सल्लाह दिएको थियो । आफु सँग पैशा नभएकाले पिडा सहदै बस्दै आएको उनले भनिन् । श्रीमान र आफुले साहँुका काम गरेर मात्र आफु र छोरा छोरी पाल्ने गरेको वताईन् ।
नेपालगञ्ज जानलाई २० हजार भन्दा बढि पैशा चाहिने गरेको छ । आफुँ सँग छाक्क टार्नलाई पैशा समेत छैन्, कसरी उपचार गर्ने उनले वताईन् । बर्षौ देखी रोग पाल्दै आएको भएपनि दिनभरी भने कडा परीश्रम गर्नु परदै आएको छ । कहिले ज्याला मजदुरी गर्ने गरेका छौ, भने कहीले साहँुका काम गर्ने गरेको घिरुले भनिन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कहिले काँहि गएर दुखाई कम गर्ने औषधि खाएर अहिले सम्म बाचेको उनले वताईन् ।
घिरुको जस्तै अर्कि मुक्त हलिया परिवारकी बिस्नकला लुवारले पनि रोग पाल्दै आएकि छन् । ‘पेटमा घाउ भएको धेरै भईसकेको छ, तर पैशा छैन, खानलाई त धौ धौ छ, कहाँ वाट उपचार गर्ने बिस्नकलाले वताईन्’ । स्वास्थ्य चौकिमा गएपछि यहाँ उपचार हुने सम्भावना नभएकाले अन्यन्त्र जाने सल्लाह दिन्छन आफु सँग पैशा हुदैन अनि पिडा सहेको उनले थपिन् । घरमा श्रीमान अरुको हलिया छन्, साहुँको हलो जोतेर परिवार पाल्ने गरेका छौ, सम्पत्तिको नाममा एक आना पनि छैन उपचारको कुरा त धेरै टाढाको बिषय बनेको बिस्नकलाले आफ्नो समस्या पोखिन ।
त्यस्तै पाँच वटा बच्चा पाएकि बिशु विकको त पाठेघर खस्ने समस्या झल्दै आएकि छन् । बच्चा पाँउने समयमा आरामको सट्टा कडा परिश्रम र पोषिले खानेकुरा नभएकाले आफ्नो स्वास्थ्य कमजोर हुदै आएको बिशुले वताईन् । बर्षौ देखि तल्लो पेट दुख्दै आएको थियो, कोल्टिमा शिविर सञ्चालन भएपछि पाठेघर खसेको थाहा पाएको उनले वताईन् । पाठेघर खसेको थाहा पाएपनि नेपालगञ्ज आउने सल्लाह दिएको छ । पैशा छैन कसरि उपचार गर्न जाने उनले वताईन् । पाठेघर खसेको भएपनि उनलाई आराम कहिल्यै गर्न पाउदैनन् । कडा परिश्रम गरेर परिवार पाल्नु पर्ने बाध्यता बन्दै आएको छ । उनको पाठेघरको अपे्रशन गर्नु पर्ने रहेको छ ।
बाजुरा जिल्लामा आर्थिक अभाबले बर्षौ देखि हलिया महिलाहरु रोग पाल्दै आएको स्थानिय मुक्त हलिया जयमल लुवारले वताएका छन् । कडा परीश्रम, धेरै बच्चा जन्माउने, सुत्केरी भएको बेला आराम कम हुने भएकाले उनिहरुको स्वास्थ्य कमजोर हुनुका साथै बिभिन्न रोगको संक्रमणमा पर्दै आएका छन् । आफ्नो श्रीमति विरामी भएको लामो समय भईसक्दा पनि उपचार गर्न नसकेको उनले वताए । दैनिक काम गरेर मात्र बिहान बेलुकाको छाक्क टार्ने गरेका छौ, उपचार गर्ने रकम कहाँ बाट ल्याउने जयमलले भने । गाँउमा रहेका स्वास्थ्य चौकिमा सामान्य रोगको उपचार मात्र हुन्छ । गम्भिर खाले रोग भएमा यहाँका महिलाहरुले धनगढी, नेपालगञ्ज र भारत जानु पर्ने बाध्यता रहेको छ, त्यहाँ जानलाई आर्थिक अबस्था कमजोर भएकाले बर्षौ देखि रोग पाल्दै आएको हलिया अगुवा गोरख विकले वताएका छन् ।
जिल्लामा हलियाका नाममा करोडौ रकम खर्च गरेका सरकारी तथा गैर सरकारी संस्था भएपनि बर्षौ देखि रोग पाल्दै आएका महिलाहरुका लागि भने केही भएको पाईदैन् । बर्षाै देखि जिल्ला हलिया मुक्ति समाज, केयर नेपाल, पुस बाजुरा नामक गैर सरकारी संस्थाले हलियाका क्षेत्रमा काम गरदै आएका छन् । जिल्ला विकास समितिले पनि हलियाका लागि भनेर काम गरेको देखाउदै आएको छ । हलियाका नाममा करोडौ बजेट खर्चेको भएपनि केही पहुँचवालका पेरीफेरीमा बजेट खुम्ने गरेको नागरिक समाजका शेर बहादुर शाहिले वताएका छन् । केहीलाई त जागिर खानका लागि मात्र यो कार्यक्रम भएको उनको आरोप रहेको छ ।
यता जिल्ला स्वास्थ्य कार्यलय बाजुराले स्वास्थ्यका क्षेत्रमा भनेर बर्षौनी करोडौ बजेट खर्च गरेको पाईन्छ । तर यि हलिया महिलाहरुको समस्याका बारेमा भने केही नगरेको पाईएको छ । गरिब, आर्थिक अबस्था कमजोर भएका लागि सरकारले उपचार सहयोग गर्ने प्राबधान भएपनि यिनिहरुका लागि कागलाई बेल पाक्यो, हर्ष न विर्ष भएको जिल्ला स्वास्थ्य कार्यलयका सिनेर अहेक दिपक शाहले वताएका छन् । हलिया महिलाहरु आर्थिकमा मात्र नभई उनिहरु शिक्षामा समेत निकै पछाडी रहेका छन् । आफ्ना समस्याका बारेमा र आफ्नो अधिकारको बारेमा पहल पैरवी गर्न समेत नसक्ने भएकाले पनि उनिहरुले यो समस्या झेल्दै आएका छन् ।
सरकारले मुक्त हलिया घोषणा गरेपनि भने हलीया प्रथा उन्मुलन हुन सकेको छैन् । बाजुरामा १७ सय भन्दा बढि हलीया रहेका जिल्ला हलीया समाज बाजुराले जनाएको छ । तर प्रमाणिकराण भने १३ सय ४५ मात्र रहेका जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । सरकारले हलीयाहरु सगँको सम्झौता अनुसार हलिया मुक्त घोषणा भने सरकाले तुरुन्त गरेको थियो । बाँकि सहमति अनुसार साहुबाट लिएको ऋण मिनाहा, पुर्नस्थापनाको व्यवस्था, मूक्तिपछि आइपर्ने सुरक्षा व्यवस्था लगाएतका कुरा भने अझै कार्यान्वयन नहुदा हलियाहरु समस्यामा परेका छन ।
मुक्त हलिया महिलाहरुमा बिभिन्न रोगहरुले ग्रसित हुने गरेको स्वास्थ्यकर्मि वताउने गरेका छन् । बच्चा पाउने समयमा आराम र पोषिले खाने कुरा समेत खान नपाउने भएकाले पनि थप समस्यामा पर्ने गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रकी अनमि देउमा धामिले वताईन् । सामान्य छाक्क टार्न धौ, धौ हुन्छ पोषिलो खानेकुरा त धेरै टाढाको बिषय रहेको धामीले वताईन् । उपचारमा आउने धेरै महिलाहरुको स्वास्थ्य अबस्था निकै कमजोर हुने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । प्राय ति महिलाहरु पाठेघर घस्ने तल्लो पेट दुख्ने लगायतका समस्याहरु देखा पर्ने गरेका छन् । अर्को तिर चेतना अभाबले बढि बच्चा जन्माउने चाँडो जन्मान्तरले पनि समस्या भएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार