शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • परम्परागत खेतीबाट तरकारी खेती

परम्परागत खेतीबाट तरकारी खेती

  • शनिबार, फाल्गुन ४, २०७५
परम्परागत खेतीबाट तरकारी खेती

परम्परागत खेतीबाट तीन महिना पनि राम्रोसँग खान नपुग्ने बाजुराका बासिन्दाले तरकारी खेती गर्न थालेका छन ।

वर्ष दिन खान पुग्ने गरी आम्दानी हुन थालेपछी धान खेतीबाट खासै आम्दानी नहुने जग्गामा तरकारी लगाउँदा मनग्गे आम्दानी हुने भएपछि जिल्लामा तरकारी खेतीमा ग्रामीण बस्तीका युवा र अन्य किसानको आकर्षण बढ्दै गएको हो ।

युरोपियन युनियनको आर्थिक सहयोग, प्राक्टिकल एक्सन र मानव संसाधान केन्द्र बाजुराको संयोजनमा सञ्चालित विकास परियोजनाले सीप, बिउ र प्राविधिक सहयोग गरेपछि गाउँका युवा तथा किसान तरकारी खेती तर्फ आकर्षित भएका हुन् ।

जिल्लाका बुढीगंगा र त्रिबेणी नगरपालिकाका तीन सय १५ जना किसान व्यवसायिक तरकारी खेतीमा लागेको मानव संसाधन केन्द्र बाजुरा जिल्ला परियोजनाका संयोजक अग्निराज शाहीले बताए ।

भारतमा लामो समय चौकीदारी गरेर घर फर्केका बुढीगंगा नगरपालिका १० मोटाबाडाका हेमन्त बुढाले अहिले गाउँमा नै तरकारी खेती सुरु गरेका छन । सामान्य तरकारी खेतीबाट सुरु भएको उनको तरकारी खेती अहिले १४ रोपनी जग्गामा बिस्तार भएको छ । उहाँको पूरै परिवार अहिले व्यवसायिक तरकारी किसान बन्न सफल भएको छ ।

‘भारतमा गयो पहरेदारी गर्‍यो, गाडी धोयो अरुको गुलामी गर्‍यो, आम्दानी खासै हुँदैनथ्यो’ उनले भने अहिले गाउँमा नै आएर तरकारी खेतीमा हात हालेपछि मनग्ये आम्दानी हुने गरेको छ ।’ तरकारी खेतीले विदेशमा गएर अर्काको काम गर्नुपर्ने बाध्यता हटेको हेमन्त साउदले बताए ।

सोही नगरपालिका ५ बेलकाटीयाका देवराज पाध्यायले आफ्नो धान र गहुँ फल्ने खेतमा व्यवसायिक तरकारी खेती गर्दै राम्रो आम्दानी गर्न थाल्नुभएको छ । ‘विदेश गएर कमाउने रकम भन्दा बढी यहीँ कमाई हुन थालेपछि किन जानु विदेश’ उनले धान खेतीबाट आम्दानी धेरै नहुने भएपछि तरकारी खेती सुरु गरेको बताए ।

आफ्नै अगुवाईमा गाउँका अन्य किसानले पनि व्यवसायिक खेती गर्न थालेको पाध्यायले बताए । पाध्यायको बारीमा अहिले काउली , बन्दा, टमाटर , फगायत फलफुल लटरम्म फलेको छ ।

धानबाली लागाउने खेतमा तरकारी लगाउन थालेपछी उनिहरू जस्तै त्यो क्षेत्रका किसान तरकारी खेती आकर्षित भएका अगुवा किसानहरू बताउछन । धान लगाउँदा तीन हजार बराबरको धान उत्पादन हुन्थ्यो । तरकारी खेती गर्दा एक सिजनमा ४० हजारको तरकारी बेची सकेको त्रिबेणी नगरपालिका ४ तोलीका किसान सीता रावलले बताईन ।

पछिल्लो समय गाउँमा ठूलो मात्रामा तरकारी खेती लगाउने गरिएको छ । बजारमा तरकारीको माग बढी भएकाले कृषकले उत्पादन गरेका छन । तरकारीले मूल्य पनि पाउने र अन्य खेती भन्दा राम्रो आम्दानी हुने भएपछी सो खेतीमा आकर्षित बन्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार