शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • एक साता देखि सात स्थानिय तह सञ्चार बिहिन

एक साता देखि सात स्थानिय तह सञ्चार बिहिन

  • शुक्रबार, फाल्गुन ३, २०७५
एक साता देखि सात स्थानिय तह सञ्चार बिहिन

बडिमािलका समचार
बाजुरा, ३ फाल्गुण
बाजुरा, मुगु र हुम्लाका सात स्थानिय तह एकसाता देखि सञ्चार बिहिन बनेका छन् । हिमँपात सगै चट्याङ्गले टावरमा क्षति पुयाएपछि एकसाता देखि सञ्चार बिहिन बनेको नेपाल टेलिकम बाजुरा शाखाले जनाएको छ ।
बाजुराको कालाजाग्रामा रहेको टावर बिग्रेका कारणले सञ्चार बिमुख बनेको हुन् । बाजुराका उत्तरी क्षेत्रका बुढिन्नदा नगरपालिका, स्बामिकार्तिक खापर गाँउपालिका, हिमाली र जगन्नाथ गाँउपालिका सञ्चार सेवा बाट पुर्णरुपमा बिमुख बनेका छन् । त्यस्तै हुम्लाको ताजाकोट गाँउपालिका, मुगुको खत्याड गाँउपालिका पनि सञ्चार बिमुख बनेका छन् । यि क्षेत्रमा कालाजाग्रामा रहेको टेलिफोनको टावरले काम गर्ने गरेको थियो, उक्क्त टावर सञ्चालनमा अबरोध आएको नेपाल टेलिकम बाजुरा शाखाका प्रमुख माधब जोशीले वताएका छन् । यो क्षेत्रमा अन्य कुनै कम्पनिको सञ्चार सेवा बिस्तार छैन् ।
कालाजाग्रामा हिउँ भएकाले कर्मचारी जान नसक्ने अबस्था भएकाले केही दिनमा पुगेर टावरको अबस्था बुझि चाडै सञ्चालनमा ल्याउने बताए । अहिले पनि हिमँपात नरोकिएका कारण त्यहाँ जान निकै कठिनाइ रहेको जोशीले भने । सात स्थानिय तहनै सञ्चारबिहिन भएपछि सुचना आदनप्रदान गर्नमा समस्या आएको बुढिन्नदा नगरपालिका नगर प्रमुख पदमकुमार गिरीले वताएका छन् । देशम के भइरहेको छ, जिल्लाको अबस्था के छ कुनै जानकारी पाएका छैनौ गिरीले भने । सञ्चार बिहिन भएपछि स्थानिय तहको कामकाजमा समेत बाधा भएको छ ।
दुर्गम गाँउमा बनेका टेलिकमका टावर पटक पटक बिग्रने भएकाले स्थानिय सञ्चार बाट बिमुख बन्नु परेको पिसवीन बाजुरामा कार्यरत गोबिन्द्र थापाले वताएका छन् । एकहप्ता भन्दा बढि भइसकेको छ, अफिसको कुनै काम गर्न पाएको छैन्, एक ठाँउ काट अर्को ठाँउमा सम्पर्क गर्नमा समस्या भएको थापाले वताएका छन् । त्यस्तै खप्तड छेडेदह गाँउपालिकाको आटिचौरमा रहको टावरमा पनि चट्याङ्ग पर्दा टेलिफोन सेवा अबरुध भएको छ । चट्याङ्गले टावरमा क्षति पुयाएको छ, बनाउनका लागि केही समय लाग्ने, प्राबिधिक अत्तरीया बाट आउनु पर्छ, सामान पनि बाहिर बाट ल्याउनु पर्ने भएकाले सञ्चालनमा आउन केही समय लाग्ने टेलिकम बाजुराका प्रमुख माधब जोशीले वताए ।
हिमँपात नरोकिए सँगै दुर्गममाम रहेको अधिकांश टेलिफोनका टावरमा समस्या आएको छ । टावरमा बिधुक्त नभएर सोलार मार्फत सञ्चालनमा छन्, घाम नलागेर सोलार चार्ज नहुँदा टावरमा सञ्चालन नआउने गरेको टेलिकमले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार