शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • दलित महिला स्वयसेविका माथि बिभेद

दलित महिला स्वयसेविका माथि बिभेद

  • शुक्रबार, फाल्गुन ३, २०७५
दलित महिला स्वयसेविका माथि बिभेद

प्रकाश सिंह
बाजुरा, ३ फाल्गुण
बुढिन्नदा नगरपालिका ३ सिराडी गाँउकि महिला स्वसेविका दलित महिला छन् । उनको नाम बिस्नकला विक हो । उनि दलित महिला भएकाले माथिल्लो जातको महिला सुत्केरी हुँदा कहिले पनि छुन्, र सुत्केरी गराँउदा सहयोग गर्न पाएका छैनन् ।
स्वयसेविका बिस्नकलाले भनिन्, म ८ बर्ष देखी स्वास्थ्य स्वयसेविका रुपमा कार्यरत छु । मेरो गाँउमा क्षेत्रि जातिको बसोवास रहेको छ । गाँउमा कोही महिला सुत्केरी हुँदा महिला स्वास्थ्य स्वयसेविकाका रुपले आफुलाई नबोलाउने गरेको वताईन् । अहिले सम्म उपल्लो जातिको कुनै पनि सुत्केरी महिलालाई सहयोग नगरेको वताए । दलित जातिमा नाला काटन्, साल ब्यबस्थापन गर्न बोलाउछन्, सोडेनीको रुपमा बोलाउछन्, तर माथिल्लो जातीका भने दलित भएका कारण नबोलाउने गरेका उनले थपिन्् ।
स्थानिय पुर्ण बोहोराले भने दलित महिला भएकै कारणले स्वयसेविकाले दिने सेवा माथिल्लो जातिलाई दिन नसकेको छ । उ आउँदा बच्चा, आमा र घर छुईएने भएकाले समाजमा नबोलाउने गरेको पुर्णले वताए । त्यति मात्र हैन ति महिला गाँउमा अलि जान्ने महिलाका रुपमा समेत चिनिन्छन् । उनको घरमा गाँउमा आएका नयाँ पाहुना र कर्मचारी आउने गर्छन् । मलाई शुरु शुरु अनुहार हेर्दा गोरी देखेर होला खान खान आउछन् । दलित हुन भन्ने लाग्दैन रहेछ । पछि दलित हुन भने थाहा पाएपछि सर पानि खाएर जानुहोस भन्दा पनि नखाने गरेको बिस्नकलाको भनाई छ ।
गाँउमा छुवाछुत अन्त्य गर्नका लागि आएका कर्मचारी समेत थाहा नपाँउदा सम्म खान खान्छन्, थाहा पाएपछि भने नखाने गरका छन् । उनिहरुले बिभिन्न कारण देखाएर नखाने गरेको छन् । दुई जना स्वास्थ्य सम्बन्धि कार्यक्रम चलाउन आएका थिए । स्वयमसेविकाको घर खोज्दै आए महिले खाना पकाए । खाना खुवाउने बेला आफ्नो नाम भन्दा बिचमै खाना खादै थिए । पछि नखाएर उठेको उनले वताईन् ।
कुनै पनि नागरीकलाई जातका नाममा बिभेद गर्न मिल्दैन् भन्ने कानुन भएपनि बाजुरामा भने बिभेद कम हुन नसकेको दलित अधिकारकर्मी गोरख सार्कीले वताए । छुवाछुत गरेमा कडा सजाय समेत कानुनी ब्यबस्था रहको छ । तर घटना घटेपनि सबै पैशा मिलोमतो हुने गरेको उनले बताए । बाजुरा जिल्लामा भने अझै जातिय छुवाछुतको पराकाष्ट बन्दै गएको छ । जातका नाममा सार्वजनिक रुपमा बहिष्कार गर्ने गरेको पाईएको छ । गैर दलित र दलित बिच मात्र बिभेद नभई दलित भित्र पनि छुवाछुत हुने गरेको छ । छुवाछुतका घटना घटेपनि बाजुरामा भने अहिले सम्म कुनै पनि घटना कानुनी दायरामा आउन नसकेको नागरिक समाजका अगुवा तथा दलित अगुवा प्रेम विकले वताए । केही घटना गाँउमै मिलोमतो हुने गरेको छ, भने केही मार्तडी सम्म पुगेर अधिकारकर्मीकै मिलोमतोमा मिल्ने गरेका छन् । यसले झन छुवाछुतका घटनाले प्रसय पाएको देखिन्छ ।

 

चर्चामा

सम्बन्धित समाचार