सोमवार, फाल्गुन १४, २०८०
  • होमपेज
  • देश/प्रदेश
  • कञ्चनपुरको शुक्लाफाँटाबाट थप साढे ५ किलो सुन बरामद

कञ्चनपुरको शुक्लाफाँटाबाट थप साढे ५ किलो सुन बरामद

  • शुक्रबार, फाल्गुन ३, २०७५
कञ्चनपुरको शुक्लाफाँटाबाट थप साढे ५ किलो सुन बरामद
२०७५ फाल्गुन ३,

नेपाल प्रहरीले कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाबाट फेरी थप साढे ५ किलो सुन बरामद गरेको छ। पुर्नवासमा आफ्नो ससुराली घरमा १८ किलो सुन लुकाउने लक्ष्मण तिरुवाकै घरबाट गएराती १ बजेतीर पाँच किलो ६ सय ग्राम उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीले शुँक्लाफाटा नगरपालिका ११ मा तिरुवाकै घरमा लुकाएको अवस्थामा सुन बरामद गरेको हो। तिरुवाको घरको गोठमा खाल्डो बनाई छुपाएको अवस्थामा सुन भेटिएको कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए।
यसअघि प्रहरीले हिजो दिउँसो कञ्चनपुरको पुर्नवास नगरपालिकाबाट १८ किलो सुन बरामद गरेको थियो।

दिनेश खबर बाट शाभार

चर्चामा

सम्बन्धित समाचार