बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • सैफसँग फातिमाको रोमान्स

सैफसँग फातिमाको रोमान्स

  • बिहिबार, फाल्गुन २, २०७५
सैफसँग फातिमाको रोमान्स

मुम्बई : आमिर खानको फिल्म दंगलबाट चर्चामा आएकी फातिमा सना शेख त्यसपछि उद्योगकी हट केक बनेकी छन्। फातिमाको पछिल्लो फिल्म ठग्स अफ हिन्दोस्तान पनि आमिर खानसँगै थियो। यो फिल्म बक्स अफिसमा फ्लप साबित भए पनि फातिमा भने चर्चामा रहिन्। फातिमा अहिले अनुराग बसुको मल्टिस्टारर फिल्ममा व्यस्त छिन्। यो फिल्ममा उनले राजकुमार रावसँग स्क्रिन सेयर गर्दैछिन्।

पछिल्लो समय फातिमालाई तान्त्रिक नामक फिल्मको अफर आएको छ। यसमा सैफ अलि खान मुख्य भूमिकामा छन्। खबरअनुसार यो फिल्मका लागि सुरुमा अभिषेक बच्चनलाई प्रस्ताव गरिएको थियो। तर उनले यसमा काम गर्न मानेनन्। फिल्मको निर्देशन पवन कृपलानीले गर्दैछन्। कमेडी जनराको यो फिल्ममा अब सैफ र फातिमाको जोडी तय भएको छ।

काम भइरहेको अनुराग बसुको फिल्मको नाम भने तय भएको छैन। अनुरागको यो फिल्ममा मेट्रो सिटीको चारवटा कथा रहने बताइएको छ। फातिमालाई अहिले एउटा हिट फिल्मको आवश्यकता छ किनकि ठग्स अफ हिन्दोस्तान फ्लप भएपछि उनी चिन्नित छिन्। -एजेन्सी

चर्चामा

सम्बन्धित समाचार