शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • सहकारी विकास बोर्डको सदस्यमा खड्का चयन

सहकारी विकास बोर्डको सदस्यमा खड्का चयन

  • बुधबार, फाल्गुन १, २०७५
सहकारी विकास बोर्डको सदस्यमा खड्का चयन

बडीमालिका सम्बादाता
सहकारी विकास बोर्डको सदस्यमा अमर बहादुर खड्का चयन भएका छन् । तत्कालिन नेकपा एमालेको सहकारी बिभागको केन्द्रिय सदस्य रहेका खड्का शुदुरपश्चिम प्रदेश बाट प्रतिनिधित्व हुने गरी बोर्डमा सदस्य मनोनयन भएका छन् ।
लक्ष्मी बचत तथा ऋण सहकारी संस्था र जिल्ला सहकारी संघका अध्यक्ष समेत खड्का रहेका छन् । सहकारी क्षेत्रको महत्वपूर्ण योगदान पुर्याएका र त्यस क्षेत्रको विज्ञता हासिक गरेका मध्येबाट बोर्ड सदस्य बनाउने प्रावधान रहेको छ । खड्काले सदस्य मनोनयन पछि भने दुर्गम गाँउ बस्तिमा सहकारी अभियान चलाउने पहल गर्ने वताए । साथै स्थानिय तह, प्रदेश र केन्द्र्र सँग समन्वय गरेर बिकट गाँउमा सहकारी अभियान पुुयाउने वताए ।
विकास बोर्डको कार्यकारी समितिमा सुदूर पश्चिमको सहकारी र सामाजिक क्षेत्रका व्यक्तिहरुबाट प्रतिनिधित्व हुने गरी सदस्य बनाईएको बोर्डले बताएको छ । सहकारी ऐन २०४९ अन्र्तगत कार्यकारी समितिमा तत्कालिन पाँच वटा विकास क्षेत्र र अन्य अर्थतन्त्र क्षेत्रका विज्ञहरु सदस्य रहने गरेका छन् । खड्का नेकपा बाजुराको सचिबालय सदस्य समेतमा शिफारीस भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार