बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • १४ वर्षीय बालकको घाँटी रेटी हत्या

१४ वर्षीय बालकको घाँटी रेटी हत्या

  • बुधबार, फाल्गुन १, २०७५
१४ वर्षीय बालकको घाँटी रेटी हत्या

पोखराको लेकसाइड खहरेस्थित निर्माणाधीन ६ तले घरको भुइँ तल्लामा मंगलबार राति १४ वर्षीय एक बालकको हत्या भएको छ । पाल्पा रम्वापानी गाउँपालिका घर भई लेकसाइडस्थित शान्तिनगरमा बस्दै आएका सचिन सिन्जालीको घाँटी रेटी हत्या भएको अवस्थामा मंगलबार शव फेला परेको हो । सो स्थानमा सडकबालबालिका बस्दै आएका थिए ।

बालकको हत्या आरोपमा प्रहरीले बेनी काले भनिने पर्वत मल्लाजका २१ वर्र्षीय कुमार गर्बुजालाई पक्राउ गरेको छ । केटीको विषयमा विवाद हँुदा उनको हत्या भएको कास्की प्रहरीले जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गरी कास्कीका प्रहरी प्रमुख ओम रानाले घटनाबारे जानकारी दिएका हुन् ।
यस्तो छ घटना विवरण
सोमबार साँझ ४ बजे हत्याका आरोपित कुमारसँगै मोटे भनिने सुशान्त परियार, डल्ली भनिने अन्दाजी १५ वर्षकी सुनिता गुरुङ रक्सी खाँदै थिए । सोहीवेला सचिनले पनि आएर उनीहरूसँगै रक्सी पिएका थिए । उनीहरूले साढे चार बजेसम्म सँगै रक्सी खाएका थिए । त्यसपछि साँझ ५ देखि ७ बजेसम्म सेन्टर पोइन्टमा माग्न बसेका थिए ।

राति ९ बजे सचिन, कुमार, सुनिता, सुशान्त र सुकदेव पुनः घटनास्थल पुगेका थिए । सोही क्रममा सुनितासँग सचिनले विवाह गर्ने कुरा गरेका थिए भने सो कुरा सुनेपछि कुमार रिसाएका थिए । राति साढे १० बजेतिर सुनिता पृथ्वी चोकतिर गएपछि बामी बिजिबीअगाडि माग्न बसेका थिए । मागेर कमाएको पैसाले उनीहरूले रक्सी खाएर राति १२ बजेतिर निर्माणाधीन भवनस्थलमा सुत्न गएका थिए । रक्सी खाने क्रममा कुमार र सचिनबीच सुनिताको विषयमा पुनः विवाद भएको थियो । सो क्रममा सचिनले हाते चक्कु निकाली कुमारलाई खुट्टामा प्रहार गरी घाइते बनाएका थिए । त्यसपछि चक्कु खोसेर कुमारले उनलाई घोप्टो पारी घाँटी सेरेर हत्या गरेको बयान दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार