शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • फोन सेवा अबरोध

फोन सेवा अबरोध

  • बुधबार, फाल्गुन १, २०७५
फोन सेवा अबरोध

त्रिप्ती शाही
बैतडी, १ फाल्गुण
दार्चुलाको मार्मा गाउँपालिकामा करिब १ हप्ताबाट स्काई फोनले काम गर्न छोडेको छ । विहीबार वर्षा संगै भएको हिमपातले त्यहाँ स्काई फोनको नेटर्वकले काम गर्न छोडेको वडा नम्बर ६ का विक्रम सिंह महताले वताएका छन् । गाउँपालिकाको वडा नम्बर ६ को विनायक लेकमा रहेको स्काई फोनको टावरमा हिँउ जमेकोले फोन नेटर्वकले काम गर्न छाडेको उहाँले वताए । अहिले त्यहाँका सेवाग्राही संञ्चारको पहँुचबाट बन्चीत भएको महताको भनाई छ । मार्मा गाउँपालिका संगै दार्चुलाको नौगाड र बैतडीको डिलाशैनी गाउँपालिकाका धेरै ठाउँमा पनि उक्त्त फोन नेटर्वकले काम गर्ने भएकोले अहिले त्यहाँका नागरीकहरुलाई पनि समस्या भएको उहाँले वताए । मार्मामा नमस्ते फोनको नेटर्वक नभएको र एनसेलको नटर्वकले राम्रो संग काम नगर्ने भएकोले स्काई फोनको नेटर्वकले काम नर्गदा धेरै समस्या भएको त्यहाँका नागरीकहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार