बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • शान्ति सुरक्षामा राम्रो भुमिका खेलेको भन्दै प्रहरी प्रमुख भाटलार्इ सम्मान

शान्ति सुरक्षामा राम्रो भुमिका खेलेको भन्दै प्रहरी प्रमुख भाटलार्इ सम्मान

  • मङ्लबार, माघ २९, २०७५
शान्ति सुरक्षामा राम्रो भुमिका खेलेको भन्दै प्रहरी प्रमुख भाटलार्इ सम्मान

जिल्लाको बडिमालिका नगरपालिका वडा नं २ भौनेराले प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटलाई जिल्लामा शान्ति सुरक्षाका बिषयमा गरिएको कामको उच्च मुल्याकंन गदैँ दोसल्ला ओढाएर सम्मान गरेको छ । मंगलबार लैंगिक हिंसा बारे अन्र्तक्रिया कार्यक्रमसंगै प्रमुख प्रहरी भाटलार्इ सम्मान समेत गरेको हो ।

हिंसा बारे वडा कार्यालयको आयोजना, जिल्ला प्रहरी कार्यालय बाजुराको समुदाय प्रहरी साँझेदार कार्यक्रमको सहजिकरणमा अन्तरक्रिया सञ्चालन गरिएको हो । कार्यक्रममा हिंसाका प्रकार, हिंसा सम्बन्धी बनेका ऐन कानुन बारे महिलाहरुलाई जानकारी गराउने र गाउँमा हुने हिंसाका स्वरुप बारे छलफल गर्ने उद्देश्यले अन्र्तक्रिया आयोजना गरिएको वडा डम्मर महतले बताउनु भएको छ ।

कार्यक्रमको बाजुरा प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले महिला तथा बालबालिकाहरुमा हुने हिंसा, साईवर अपराध,सडक सरक्षा,बालविबाह,लागु औषध तथा मादक पदार्थ दुव्र्यसनबाट बच्ने उपाय र कानुनी प्राबधान बिषयमा कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

वडा अध्यक्ष डम्मर महतको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमको सञ्चालन सत्यवादी मावि भौनेराका प्रधानाध्यापक मान बहादुर हमालले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि,शिक्षक बिद्यार्थी,बाल समुह,आमा समुह, युवा क्लव, टोल सुधार समिति, बिद्यालय व्यवस्थापन समिति लगायत सरोकारवालाको सहभागिता रहेको सुआहारा वास सजकर्ता नर बहादुर रोकायाले जानकारी दिनु भएको छ ।

मुलधार पोष्टबाट साभार

चर्चामा

सम्बन्धित समाचार