बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश/प्रदेश
  • परिवार नियोजन क्याम्प सम्पन्न

परिवार नियोजन क्याम्प सम्पन्न

  • मङ्लबार, माघ २९, २०७५
परिवार नियोजन क्याम्प सम्पन्न

त्रिप्ती शाही
बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ चौखाममा रहेकोे चौखाम स्वास्थ्य चौकीमा परिवार नियोजन क्याम्प सम्पन्न भएको छ । वडा न नौ का स्थानिय महिलाहरुको सहजतालाई मध्यनजर गरी सो क्याम्प स्चालनमा गरिएको हो । क्याम्पमा ६ जना महिलाहरुले परिवार निवजनका बिभिन्न सेवा लिएको स्वास्थ्य चौकी ईन्चार्ज हेमन्त सिहं साउदले बताएका छन । शिवीरमा महिलाहरुमा आयुसिडी र इम्प्लान्ट राख्ने र निकाल्ने काम भएको साउँदले बताएका छन । मेरी स्टोप सेन्टर बैतडीको आयोजनामा शिवीर भएको स्वास्थ्य चौकी ईन्चार्ज साउदले बताए । ग्रामीण क्षेत्रका महिलाहरु परिवार नियोजनका अस्थायी साधन राख्नको लागी टाढा जान नसक्ने भएकोले गाउँघरमै सेवा दिईएको इन्चार्ज साउँदले बताए । शिबिर गाउँमा नै संचालन गरिदा वडा न ९ का महिलाहरुले राहत महसुुस गरेको स्थानिय महिलाले बताईन । शिवीरमा मेरी स्टोप सेन्टरका प्रोजेक्टर अफिसर कलावती चौधरी लगाएतका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार