शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • मार्तडी –कोल्टि सडक खुलेन, सडक खुलाउन बेवास्ता

मार्तडी –कोल्टि सडक खुलेन, सडक खुलाउन बेवास्ता

  • मङ्लबार, माघ २९, २०७५
मार्तडी –कोल्टि सडक खुलेन, सडक खुलाउन बेवास्ता

पदम सिंह
बाजुरा २९ माघ
लगातारको हिमपातसंगै वर्षाले गर्दा हिलाम्मे भएको मार्तडी कोल्टि सडक खुल्न सकेको छैन । माघ सात गते देखी आएको हिमपातले सडक खण्ड बन्द भएको थियो । बडिमालिका र बुढिनन्दा नगरपाकिालको सिमाना पोरखे लेकमा मंगलबार देखी हिउ परेपछि मार्तडी र कोल्टि क्षेत्रको सम्बन्ध टुटेको हो ।
‘पोरखे लेकमा हिउ जमेको छ, आवतजावतमा समस्या भएको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए’ । सडक अबरूद्ध हुदा बाजुरा जिल्लाका पूर्वी उत्तर क्षेत्रका स्थानीय तहबाट सदरमुकाम आउने र जाने यात्रुलाई असहज भएको प्रहरी प्रमुख भाटले बताए । त्यस्तै हुम्ला, मुगु कालिकोटका स्थानीयहरुलाई पनि समस्या भएको भाटले बताए ।
हिमपातकै कारण मार्तडी कोल्टि सडक बन्द हँुदा बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । कच्चि सडक हुदा माथिबाट हिउ पग्लेर सडक हिलाम्मे भएर चिप्लो भएकोले गाडीहरु चलाउन अफ्ठेरो भएको प्रयास गरी रहेको छौ, सम्भवत केही दिनमा खुल्न सक्छ बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए । तर सडक खुलाउनका लागि सरकारले कुनै पनि पहल गरेको छैन् । सडक अबरुद्ध हंदा कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रबाट रिफर गरेका विरामीहरुलाई बढी समस्या भएको जिल्ला स्वास्थ्य कार्यलयका कार्यालय प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताए । ‘कोल्टिमा जहाज पनि नियमित आउदैन जहाज चढेर नेपालगन्ज उपचार गर्न सबैको आर्थिकले पुग्दैन विश्वकर्माले भने ।
मार्तडी कोल्टि सकड बन्द हुदा जय मालिका यातायात प्रा.ली र स्वामीकार्तिक मानासरोवर यातायात प्रा.लीका ५० जीपहरु काम विहीन बनेका स्वामीकार्तिक मानासरोवर यातायात प्रालीका काउन्टर ईन्चार्ज निसान्त रोकायाले बताए । सडक बन्द भएको तीन साता भयो खोल्ने केही सुरसार भएन जीपको किस्ता तिर्र्ने दिन भैसक्यो यो महिनाको किस्ता तिर्न समस्या भएकोको जीप व्यवसाही निमेन्द्र शाहीले बताए ।
सडक सञ्चालनमा नहुँदा उत्तरी क्षेत्रका स्थानिय बजारमा दैनिक उपभोग्य सामानको अभाब भएको छ । एक महिना देखि यातायात ठप्प हुँदा बजारमा सामानको अभाब सँगै महँगि बढेको स्थानिय लक्ष्मण जैशीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार