शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • ७५३ रोजगार संयोजकका लागि २२६२ जना सर्ट लिस्टमा (सूचीसहित)

७५३ रोजगार संयोजकका लागि २२६२ जना सर्ट लिस्टमा (सूचीसहित)

  • मङ्लबार, माघ २९, २०७५
७५३ रोजगार संयोजकका लागि २२६२ जना सर्ट लिस्टमा (सूचीसहित)

प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७५३ वटै स्थानीय तहमा खटाउने रोजगार संयोजक पदमा आवेदन दिएका मध्येबाट परीक्षार्थीहरूको प्रारम्भीक योग्यताक्रमको सूची सार्वजनिक गरेको छ।

अधिकृत तथा नासुसरह गरी कूल २३ हजार ९१७ आवेदन परेकामा दुई हजार २६२ जनालाई सर्ट लिस्टमा राखिएको हो। सातै प्रदेशका स्थानीय तहहरूमा खटाउने रोजगार संयोजक पदमा आवेदन दिएकामध्ये माग संख्या ७५३ को तीन गुणा बढीलाई प्रारम्भीक योग्यताक्रमको सूची (सर्ट लिस्ट) मा समावेश गरिएको हो। बराबर नम्बर ल्याउने दुबै उम्मेदवारलाई सूचीमा समावेश गरिएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सोमबारको बैठकबाट सर्ट लिस्ट छानिएको मन्त्रायले जनाएको छ। हरेक स्थानीय तहमा एक रोजगार संयोजक राख्ने गरी सरकारले आवेदन आह्वान गरेको थियो। १० हजार भन्दा कम जनसंख्या भएका स्थानीय तहमा नायब सुब्बा सरह र अन्यमा अधिकृत सरह रोजगार अधिकृत राख्नेगरी सरकारले आवेदन मागेको थियो।

अब सर्ट लिस्टमा परेकाहरूलाई कम्प्युटर सीप परीक्षा लिइनेछ। र, अन्तिम सूची सार्वजनिक गरिनेछ। सरकारले फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दैछ।

सर्ट लिस्टमा परेकाहरूको नामावली हेर्नुहोस्

प्रदेश १ बाट रोजगार संयोजक (शाखा अधिकृत सरह) मा २१६४ जनाको आवेदन परेकोमा ३९० जनालाई सर्ट लिस्ट गरिएको छ। यहाँ यो पदमा १३० जना माग भएको छ। हेर्नुस् सूची

यस्तै प्रदेश १ बाटै ७ रोजगार संयोजक (नासु सरह) माग भएकोमा २१ जना सर्ट लिस्टमा परेका छन्। यो पदका लागि १५०१ जनाले आवेदन दिएका थिए। हेर्नुस् सर्ट लिस्टमा परेका आवेदकको सूची


यस्तै प्रदेश २ मा रोजगार संयोजक (शाखा अधिकृत सरह) मा १३६ जनाको आवेदन माग भएकोमा ४०८ जना सर्ट लिस्टमा परेका छन्। यो पदका लागि ३६४७ जनाले आवेदन दिएका थिए। हेर्नुस् सर्ट लिस्टमा परेका आवेदकको सूची


प्रदेश ३ बाट रोजगार संयोजक (शाखा अधिकृत सरह) मा ३१४९ जनाको आवेदन परेकोमा ३३७ जनालाई सर्ट लिस्ट गरिएको छ। यहाँ यो पदमा ११२ जना माग भएको छ। हेर्नुस् सूची

यस्तै प्रदेश ३ बाटै ७ रोजगार संयोजक (नासु सरह) माग भएकोमा २२ जना सर्ट लिस्टमा परेका छन्। यो पदका लागि १८४५ जनाले आवेदन दिएका थिए। हेर्नुस् सर्ट लिस्टमा परेका आवेदकको सूची


गण्डकी प्रदेशबाट रोजगार संयोजक (शाखा अधिकृत सरह) मा १०१० जनाको आवेदन परेकोमा २२२ जनालाई सर्ट लिस्ट गरिएको छ। यहाँ यो पदमा ७४ जना माग भएको छ। हेर्नुस् सूची

यस्तै गण्डकी प्रदेशमै ११ रोजगार संयोजक (नासु सरह) माग भएकोमा ३३ जना सर्ट लिस्टमा परेका छन्। यो पदका लागि ९४५ जनाले आवेदन दिएका थिए। हेर्नुस् सर्ट लिस्टमा परेका आवेदकको सूची


यस्तै प्रदेश ५ मा रोजगार संयोजक (शाखा अधिकृत सरह) मा १०९ जनाको आवेदन माग भएकोमा ३२७ जना सर्ट लिस्टमा परेका छन्। यो पदका लागि २२७३ जनाले आवेदन दिएका थिए। हेर्नुस् सर्ट लिस्टमा परेका आवेदकको सूची


कर्णाली प्रदेशबाट रोजगार संयोजक (शाखा अधिकृत सरह) मा १३८८ जनाको आवेदन परेकोमा १८६ जनालाई सर्ट लिस्ट गरिएको छ। यहाँ यो पदमा ६२ जना माग भएको छ। हेर्नुस् सूची

यस्तै कर्णाली प्रदेशमै १७ रोजगार संयोजक (नासु सरह) माग भएकोमा ५२ जना सर्ट लिस्टमा परेका थिए। यो पदका लागि १९९० जनाले आवेदन दिएका थिए। हेर्नुस् सर्ट लिस्टमा परेका आवेदकको सूची


सुदूरपश्चिम प्रदेशबाट रोजगार संयोजक (शाखा अधिकृत सरह) मा २४०३ जनाको आवेदन परेकोमा २४६ जनालाई सर्ट लिस्ट गरिएको छ। यहाँ यो पदमा ८२ जना माग भएको छ। हेर्नुस् सूची

यस्तै सुदूरपश्चिम प्रदेशमै ६ रोजगार संयोजक (नासु सरह) माग भएकोमा १८ जना सर्ट लिस्टमा परेका थिए। यो पदका लागि १६०२ जनाले आवेदन दिएका थिए। हेर्नुस् सर्ट लिस्टमा परेका आवेदकको सूची


छानिएका उम्मेदवारहरूको कम्प्युटर सीप परीक्षाको समयतालिका पनि मन्त्रालयले सार्वजनिक गरेको छ। फागुनको ११ र १२ मा उनीहरूको कम्प्युटर सीप परीक्षा हुनेछ।

अन्नपुर्ण पोष्टबाट साभार

चर्चामा

सम्बन्धित समाचार