शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • सिक्किमको जाडोमा आर्यनको अंगालोमा बोल्ड प्रियंका

सिक्किमको जाडोमा आर्यनको अंगालोमा बोल्ड प्रियंका

  • मङ्लबार, माघ २९, २०७५
सिक्किमको जाडोमा आर्यनको अंगालोमा बोल्ड प्रियंका

चलचित्र ‘हजार जुनी सम्म’को २ वटा गीतमा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीको जोडी देखिने भएको छ । सिक्किममा माइनस ४ डिग्रीमा नायिका कार्कीले आफूलाई बोल्ड अवतारमा प्रस्तुत गरेकी छिन् । आर्यनसँगको रोमान्समा प्रियंकाले जाडोको समेत प्रवाहा गरिनन् । विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रको छायांकन पनि सकिएको छ । ५८ दिन लगाएर चलचित्र खिचिएको निर्माणपक्षले बताएको छ ।

प्रियंका र आर्यनले ‘हजार जुनी सम्म र तिम्रो मायामा’ बोलको गीतमा अभिनय गरेका छन् । नायिका कार्कीले भनिन्–‘निकै चिसो भएकाले खुट्टा टेक्न पनि गाह्रो भएको थियो । तर, पनि हामीले राम्रो लोकेशनमा चलचित्र खिचेका छौ ।’ पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ ।

चर्चामा

सम्बन्धित समाचार