शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सरस्वती पूजाको तयारीमा लागेका शिक्षकको करेन्ट लागेर मृत्यु

सरस्वती पूजाको तयारीमा लागेका शिक्षकको करेन्ट लागेर मृत्यु

  • आइतवार, माघ २७, २०७५
सरस्वती पूजाको तयारीमा लागेका शिक्षकको करेन्ट लागेर मृत्यु

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानीमा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ। घोडाघोडी–२ को दशरथ माध्यमिक विद्यालयका २३ वर्षीय शिक्षक हुकुम जैशीको शनिबार दिउँसो करेन्ट लागेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए।

जैशी आइतबार रहेको सरस्वती पूजाको तयारीका लागि हरियो बाँस काट्न गएका थिए। बाँस काटेर तान्दा बासले नाङ्गो तारमा छोएर उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका जैशीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक ओलीले बताए। जैशी बाजुरा बुढीगंगा नगरपालिका ६ माल्ता निबासी हुन ।

 

चर्चामा

सम्बन्धित समाचार