बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’को टिजर रिलिज

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’को टिजर रिलिज

  • आइतवार, माघ २७, २०७५
अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’को टिजर रिलिज

सुनिल कुमार थापाको निर्माणमा तयार भएको चलचित्र ‘ए मेरो हजुर ३’को १ मिनेट लामो टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको केमेष्ट्रीलाई झल्काइएको छ । झरना थापाको निर्देशनमा तयार भएको यो म्यूजिक लभ स्टोरी चलचित्रमा अनमोल र सुहानाको साथमा अर्पण थापाको मुख्य भूमिका छ ।

यो चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ । निर्माता थापाले भने–‘हामीले टिजरमा मुख्य दुई कलाकारको केमेष्ट्रीलाई मात्र देखाउन खोजेका छौ । चलचित्रको बिषयवस्तु ट्रेलरमा खोल्नेछौ ।’ चलचित्रको छायांकन नेपाल र अमेरिकामा गरिएको छ ।चैत्र २९ गते यो चलचित्र आउँछ या आउँदैन भन्ने बहस चलिरहेको समयमा टिजर सार्वजनिकसँगै यसको निर्माणपक्षले निर्धारित मितिमा चलचित्र आउने पक्का गरेको छ । नयाँ बर्षको छेकोमा रिलिज हुन लागेको चलचित्रले बम्पर कारोबार गर्ने अनुमान फिल्म पण्डितहरुले गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार