बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • सुस्मा खनालको उत्कृष्ट अभीनयमा भिजिट भिसाले तहल्का पिट्दै

सुस्मा खनालको उत्कृष्ट अभीनयमा भिजिट भिसाले तहल्का पिट्दै

  • आइतवार, माघ २७, २०७५
सुस्मा खनालको उत्कृष्ट अभीनयमा भिजिट भिसाले तहल्का पिट्दै

नेपाली लोकगीत तथा दोहोरी गीत क्षेत्रका अग्रज कलाकार एबम पत्रकार रामप्रसाद खनालकी सुपुत्री सुस्मा खनालले अमेरिकामा गीत संगीत र नाचमा धुम मच्चाएकी छिन । उनले फेरी भर्खरै अर्को एउटा नयाँ गित “भिजिट भिसामा ” बोलको गितना कभर भिडियो सार्वजनिक भयको छ।

अमेरिकामा मात्र होइन अहिले विश्वभर नै युट्युब फेसबुक लगायतका सामाजिक सन्जाल र मिडियामा भाईरल भैरहेकी, मिलियनका मिलियन दर्शकले रुचाईएकी सुस्मा खनाल नेपाली, हिन्दी, अङ्रेजी र स्पानिस भाषामा गीत पनि गाउँछिन र नाच तथा अभिनयमा पोख्त छिन ।

बिदेशमा बस्ने नेपाली छोरीहरु मध्ये दर्शकका हिसाबले सबैभन्दा लोकप्रिय र धेरै दर्शकको आँखाको नानी बनिरहेकी सुस्माले हाल सम्म सिँगल, डबल, ट्रिपल रोलमा अभिनय गरेकी थिइन उनले कभर भिडियो बनाएरै लाखौं दर्शक को मन जित्न सफल समेत भाकी छन ।

हाल सम्म लोक गीत, दोहोरी गीत, राष्ट्रिय गीत, आधुनिक एबम फिल्मी गीतमा नाच प्रस्तुत गरेकी सुस्मा खनाल ९ बर्षको सानै उमेरमा अमेरिका आएकी थिइन । अमेरिकामा नेपाली सँस्कार र लोक सँस्कृतीलाई पुरै अँगाल्ने खनाल परिवारको घरमा पुग्दा जो कोही पनि प्रभाबित हुन्छन किनकी जहाँ घर भित्र अङ्रेजी बोल्न प्रतिबन्ध छ, नेपाली भाषानै बोल्नु पर्दछ खनाल परिवारले र खनाल परिवार सँग आगन्तुकले ।खनाल निवास अमेरिका विन्चेस्टरमा घर भित्रै नेपाली मन्दिर छ जसमा शिव, पार्वती, बिष्णु, गणेश, दुर्गा, लक्ष्मी, सरस्वती, बुद्ध लगायतका देबी देबताका मुर्तीहरु छन र खनाल परिवार दैनिक पूजाआजा गर्दछन ।नेपाली सँस्कृती र सँस्कारलाई नेपालमा भन्दा बढी अँगाल्ने खनाल परिवारकी छोरी सुस्माको नयाँ कोशेली तपाईं यो भिडियोमा हेर्न सक्नुहुन्छ । बधाई छ सुस्मा खनाललाई यो एतिहासिक नयाँ कोशेलिका लागि ।

चर्चामा

सम्बन्धित समाचार