मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाचार
  • बडिमालिका खवर सबैको अनलाईन बनोस्

बडिमालिका खवर सबैको अनलाईन बनोस्

  • आइतवार, माघ २७, २०७५
बडिमालिका खवर सबैको अनलाईन बनोस्

बडिमालिका खवर समाचारदता
मार्तडी, २७ माघ
जिल्ला समन्वय समितिका संयोजक नरेन्द्रकुमार रोकायाले बडिमालिका खवर अनलाई सवैको अनलाई बनाउन सुझाव दिएका छन् । अनलाईनको समउद्घाटन गर्दै संयोजक रोकायाले यस्तो बताएका हुन् । पछिल्लो समयमा पत्रकारहरुले गरेका गतिवधिले समाजमा एक किसिमको समाज विकासोन्मुक तिर लागेको ले केही घटना परिघटनामा समाचारको माध्यामबाट बिबादमा देखीएकोले यो बडिमालिका खवर बिबाद रहीत र पछाडी पढेको वर्गको अनलाई बनोस शुभकामना दिएका थिए ।

बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले पत्रकारीता भनेको एक लगनशिल मेहनेती हुनु पर्ने बताए । आफू धनगढी गएको समयमा कुखुराको चारो बनाउने उद्योगगीले गरेको मेहनतको उदहरण दिदै यस्तो बताएका हुन् । मालिका नमुना माध्यामिक बिद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले पछिल्लो समय बाजुराबाट पत्रपत्रिका अनलाईन रेडियोको विकास देखेर खुशी व्यक्त गरे । आफु बाजुराको पत्रकारीताको शुरुवात देखीनै प्रत्यक्ष समस्या भोगेको र यो समयमा आएर विकास भएको देख्दा आफुनै गर्भवाम्बित भएको बताए । नेपाल कम्यूनिष्ट पाटिका बाजुरा जिल्लाबाट प्रस्तावित अध्यक्ष भरत थापाले देशको चौथो अङ्ग समाजको तेस्रो आँखा ठानीने पत्रकारीता, राजनितिक कर्मी, कर्मचारीले समाजको पुल बन्नु पर्ने बताए ।

यो काम बडिमालिका खवरबाट शुरु हुनेमा आशाबादी रहेको बताए । नेपाली काँग्रेशका प्रतिनिधि प्रकाश रावलले सत्य तथ्य समाचारको लागी नेपाली काँग्रेश सधै पत्रकारका मुद्धाहरुमाा साथ दिने बताए । प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले स्थानीय स्थरको सवाल समस्यालाई जिल्ला प्रदेश र केन्द्रिय स्तरमा सूचना पुग्ने पुलको काम बडिमालिका खवर अनलाईनले गरोस भन्दै शुभकामना दिए । गैर सरकारी महासघका केन्द्रिय सदस्य काँशी विकले बाजुरालाई अन्यन्त्र जिल्ला प्रदेश र केन्द्रले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नमा बडिमालिका खबरले सकरात्मक समाचारको खोली गरी प्रकाशन गरोस भन्दै शुभकामना दिएको थिए । बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद विकले पत्रकारले समाचार बनाउदा सत्य तथ्यमा आधारीत सुचानाको स्रोत भेरीफाई गरी समाचार प्रकाशन गर्नु पर्ने पताए । त्यसै गरी पत्रकारहरुका बिभिन्न संगठनबाट बोल्ने बक्ताहरुले पछिल्लो समयमा समचारको विषयमा पत्रकारहरु नै विभाजित हुने गरेकोले समाजमा नकरात्म प्रभाव पढन गरेको बताए ।

  पत्रकारको आफ्नै आचार संहिता छ, सवै पत्रकारले संहिता भित्र रहेर समाचार सम्प्रेषण गर्दा कसैले औला नउठाउने बताए । पत्रकारी पेशा सबैको साझा हो, कुनै कसैसंग पुर्वाग्राहि नभएर समाचार प्रकाशन गर्नु पर्ने बताए । उद्घाटन समारोहमा सहभागीहरुले जिल्लामा धेरै पत्रपत्रिका दर्ता भए निरन्तरता नभएको प्रति दुख प्रकाट गरे । संचार माध्याम खोल्नु भन्दा पनि यसको निरन्तरता र विश्वसनीयता मुख्य चुनौती रहेको सहभागीहरुले बताए । उद्घाटन कार्यक्रमको अध्यक्षता बडिमालिका खबरका प्रकाशक प्रकाश सिंहले गर्नु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार