बाजुरा
प्राकृतिक विपद्का लागि आकस्मिक पुर्वतयारी, प्रतिकार्य र क्षमता अभिवृद्धि सम्वन्धि एक आकस्मिक पुर्वअभ्यासको कार्यशाला गरेको छ । बिपत जोखिम न्युनिकरण, व्यवस्थापनमा सरकारी र मानवीय सहायतकर्मी संस्थाहरुलाई तालिम प्रदान गरी आकस्मिक पुर्वतयारी र प्रतिकार्यमा सहयोग पुर्याउने उद्देस्यले कार्यक्रमको आयोजनना गरिएको हो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाईटी बाजुराको समन्वय दैबि प्रकोप उद्धार समितिको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए । विपद् पुर्व तयारी भएका सामग्रीलाई अधिकतम प्रयोग गर्ने थप ज्ञान हासिल गर्न सकिएको सहभागी हरूले बताएका थिए् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धवसिहं भाटले पुर्व तयारीको हिसावले अगाडि बढे पनि केहि थप नयाँ कुरा सिक्नका लागि यो कार्यशाला महत्वपुर्ण भएको उल्लेख गरेका छन् ।
कार्यक्रममा सहभागीले अभ्यासको क्रममा जिल्लास्तरका सरोकारवाला निकायहरुसँग निर्णय लिने र समन्वय गर्नुका साथै घुम्ती भण्डारण इकाइ र दुरसञ्चार उपकारणको स्थापना कार्य जस्ता व्यवहारिक कुराहरुको सिप विकास गर्ने काम गरिएको थियो । विपद् व्यवस्थापन सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने पुर्व तयारी तथा प्रतिकार्यलाई पुर्वचेतावनी प्रणालीसँग प्रभावकारी रुपमा जोड्ने उदेश्यले आयोजित आकस्मिक पुर्व अभ्यास कार्यक्रममा नेपाल सरकार तथा विभिन्न गैरसकारी संस्थाको सहभागिता रहेको रेडक्रस बाजुरामा कार्यरत ईश्वरा सुबेदिले वताईन् । अभ्यासको आयोजना गृह मन्त्रालयसँगको सहकार्यमा नेपाल रेडक्रस सोसाईटी र बडीमालिका नगरपालिकालको सहयोगमा कार्यक्रम गरेको हो ।