बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • एक दशक बित्यो, हलियाको अबस्था उस्तै

एक दशक बित्यो, हलियाको अबस्था उस्तै

  • शनिबार, माघ २६, २०७५
एक दशक बित्यो, हलियाको अबस्था उस्तै

प्रेम रौले
बाजुरा
सरकारले २०६५ भदौ २१ गते मुक्त हलिया घोषणा गरयो । घोषणा सँगै पाँच बुँदे सम्झौतामा हस्ताक्षर ग¥यो । मुक्त गरेको एक दशक भइसक्दा सम्म पनि अझै हलिया बस्दै आएका छन् ।
वर्षेनी जग्गा धनीको हलो जोतेर घर परिवार पाल्दै आएका हलिायलाई पुनस्थापना गर्नका लागि सरकारले कार्यक्रम ल्याएको छ । तर पनि जिल्लामा रहेका मुक्त हलिया भने साहुको हलो जोत्न काम छुटेको छैन ।
भुमि व्यवस्था तथा सहकारी मन्त्रलायले जिल्ला हलिया पुनस्थापना कार्यदलको सिफासिरका आधारमा क देखि घ वर्गको परिचय पत्र दिएको छ । उनीहरुलाई परिचय पत्र दिएको भएपनि साहुको हलो भने जोत्न नछोडेको मुक्त हलिया पुनस्थापना जिल्ला कार्यदल बाजुराका सदस्य सचिव तथा मालपोत कार्यालय बाजुराका प्रमुख लक्ष्मणदेव पाण्डेले वताएका छन् ।
मुक्त हलियालाई जग्गा खरिद, घर निर्माण र मर्मत कार्य गरी उनीहरुलाई पुनस्थापना गर्दै वर्षैनी करोडौ रकम दिने गरेको भएपनि उनीहरुले हलो जोत्न नछोडेको बताइएको छ । उनीहरु भन्छन्–‘सरकारले जति पैसा दिएपनि साहुको हलो नजोतेर भोक भोकै बस्नुपर्छ । घर निर्माण र मर्मत गरेर भोकै बस्न नसकिने भएकाले हलो जोत्ने गरेका हौ ।’
जिल्लामा हलियाको मुक्तीका लागि आन्दोलन गर्ने गैर सरकारी संस्थाको लगानी समेत खेर जाने घट्दै गएको थालेको हलिया मुक्ति आन्दोलनका अगुवा गोरख बहादुर सार्कीले वताएका छन् ।
हलिया मुक्तिका अधिकारकर्मी सार्कीले भने ‘सरकारले पुनस्थापना कार्यक्रम जिल्लामा संचालन गरेपछि साहुको १० रुपैयाँ लिएपछि वर्ष भरी हलो जोत्ने कार्यमा न्युनिकरण आएको छ ।’ मुक्त हलियाहरुले श्रमको उचित ज्याला लिएर जग्गाधनीहरुको हलो गरेको अधिकारकर्मी सार्कीको भनाई रहेको छ ।
साहुको दश रुपैया ऋण लिएर पुस्तौपुस्तासम्म हलो जोत्ने प्रथाको भने न्युनिकरण हुदै गएको जिल्ला दलित नेटवर्कका वीर बहादुर विश्वकर्माले बताउनु भएको छ । परापुर्वकमा साहुको ऋण लिए वापत सयौ पुस्ता हलो जोत्नुपर्ने बाध्यता हटेको विश्वकर्माको भनाई रहेको छ ।
सोह्र सय बढी मुक्त हलिया
पछिल्लो समयमा जिल्लामा एक हजार ६ सय ३३ मुक्त हलिया रहेको मुक्त हलिया पुनस्थापना कार्यदलको तथ्याङ्कमा रहेको छ । मुक्त हलिया सबै भन्दा बढी जिल्लाको उत्तरी भेगमा रहेको स्वामीकार्तिक गाउँपालिका साविकको जुकोट गाविसमा १ सय ३५ जना हलिया रहेको तथ्याङ्कमा छ ।
यसैगरी सोही गाउँपालिकाका साविकको वाई र साप्पाटा गाविसमा १ सय ४÷ १ सय ४जना मुक्त हलिया रहेका छन् । त्यस्तै हिमाली गाउँपालिका साविकको रुगिन गाविसमा २४ जना र बुढीगंगा नगरपालिका साविकको ब्रह्मतोला गाविसमा ३७ जना गरी एक हजार ६ सय ३३ मुक्त हलिया रहेको मुक्त हलिया पुनस्थापना जिल्ला कार्यदल बाजुराको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
स्वामीकातिक गाउँपालिकाको वाई जुकोट र साप्पाटा गरी ४ सय ४३ जना हलिया रहेका छन् । उत्तरी भेगको सबै भन्दा बढी उक्त गाउँपालिकामा हलिया प्रथाको काम बढी हुने गरेको बताइएको छ ।
मुक्त हलियालाई १६ करोड रकम वितरण
बाजुरा जिल्लाका नौ स्थानीय तहका रहेका एक हजार ६ सय ३३ जना हलियालाई मुक्त हलिया पुर्नस्थापना कार्यक्रममा आएको रकम वितरण गरिएको हलिया पुनस्थापना तथा जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ ।
मुक्त हलियाको क,ख,ग र घ वर्गमा परेका हलियाहरुलाई वर्गका आधारमा रकम वितरण गरिएको जिल्ला मालपोत कार्यालय बाजुराका प्रमुख लक्ष्मणदेव पाण्डेले वताए । उनका अनुसार मुक्त हलिया पुर्नस्थापना कार्यक्रममा जग्गा खरिद, घर निर्माण र घर मर्मतका लागि रकम वितरण हुदै आएको वताए ।
मुक्त हलियामा परेका विभिन्न वर्गकालाई एक लाख २५ हजार देखि पाँच लाख सम्म रकम दिएको कार्यालय प्रमुख पाण्डेले वताए । आर्थिक वर्ष ०७५÷०७६ मा मुक्त हलिया पुर्नस्थापनाका लागि १६ करोड ७८लाख ८७ हजार रकम मुक्त हलियाको बैंक खातामा जम्मा गरेको कार्यालयले वताएको छ ।
मुक्त हलिया पुनस्थापनाका लागि घर निर्माणका लागि ३६, जग्गा खरिदका लागि ४७ जना र घर मर्मतका लागि ६ सय ७४ जनाले रकम लिएका छन् । मुक्त हलिया पुर्नस्थापना कार्यक्रममा जग्गा खरिदमा दुई लाख, घर निर्माणका लागि ३ लाख २५ हजार र घर मर्मतका लागि एक लाख २५ हजारका दरले रकम वितरण गरिएको छ ।
हलिया पुनस्थापना कार्यक्रमको छनोटमा परेका हलियाहरुले पहिलो किस्ता वापतको रकम लिने र काम नगर्ने प्रवृत्ती भएकाले दोस्रो किस्ता रकम समेत नलिने हुँदा रकम फ्रिज जाने गरेको जिल्ला हलिया पुनस्थापना कार्य दल बाजुराले जनाएको छ ।
मुक्त हलियाहरुले जग्गा खरिद, घर निर्माण र मर्मतका लागि लिएको रकम अन्यत्र खर्च गर्ने भएकाले वर्षेनी लाखौ खर्च हुन नसकेको बताइएको छ ।
हलिया पुनस्थापना कार्यक्रमको रकम लिएपनि कामहरु अधुरै हुने हुँदा दोस्रो किस्ता समेत दिन नसक्ने भएकाले रकम खर्च नहुने गरेको हो । यो आर्थिक वर्षमा २०० घर मर्मत, ५० घर निर्माण र ५० जग्गा खरिदका लागि छनौटमा परेका छन् ।
रकम लिएर काम नगर्दा बेरुजोको डर
हरेक वर्ष जिल्लामा रहेका मुक्त हलियाहरुले जग्गा खरिद, घर निर्माण र मर्मतमा मुक्त हलिया पिुनस्थापना कार्यक्रमबाट रकम लिने गरेका भएपनि काम अधुरै हुने गरेकाले समस्या हुदै आएको छ ।
मुक्त हलियाहरुले रकम लिएर काम आधा गर्न र दोस्रो किस्ता रकम नलिदा कार्यालयको नाममा बेरुजो आउने डर हुन थालेको मुक्त हलिया पुनस्थापना कार्यदलका सदस्य सचिव तथा मालपोत कार्यालय प्रमुख पाण्डेले गुनासो गरे ।
मुक्त हलिायहरुले प्राविधिक स्टमेट अनुसार काम नगर्दा र रकम लिएर अन्यत्र खर्च गर्न थालेकाले समयमै काम सम्पन्न नहुने भएकाले दोस्रो किस्ता समेत लिन नआउने गरेको पाण्डेको भनाई रहेको छ ।
कार्यक्रमको पहिलो किस्ता रकम लिएपछि दोस्रो किस्ता रकम नलिदा कार्यक्रमको नाममा बेरुजो आउने गरेको पाण्डेले बताउनु भयो । हरेक वर्ष पाँच करोड भन्दा बढी बेरुजो आउने गरेको छ ।
आर्थिक वर्ष ०७४÷०७५ मा ४० जना मुक्त हलिया मध्ये १ जनाले घर निर्माण र ३९ जनाले घर मर्मत नगर्दा ३ करोड ५० लाख रकम फिर्ता गरिएको कार्यालयले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार