शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • अनुदानको नुन र चामल ढुवानीमा वालश्रम

अनुदानको नुन र चामल ढुवानीमा वालश्रम

  • शनिबार, माघ २६, २०७५
अनुदानको नुन र चामल ढुवानीमा वालश्रम

मदन बिक
बाजुरा
सरकारी अनुदानको ढुवानीको नुन र चामलमा बालश्रम भएको पाईएको छ । साल्ट ट्रेडिङ्ग कप्रोरेशन र खाद्य संस्थान कोल्टि डिपो र कवाडी डिपोमा नुन, चामल ओसारपोसार गर्नमा वालवालिका प्रयोग हुने गरेको पाईएको छ । ट्याक्टर र खच्चर बाट ओसारपोसारमा वालवालिका प्रयोग भइरहेको स्थानिय पत्रकार लक्ष्मिराज पाध्ययाले वताएका छन् ।

१४ बर्ष भन्दा कम उमेरमा कसैलाई पनि श्रमिकको रुपमा काम लगाउनु हुदैन भन्ने कानुनी ब्यबस्था भएपनि तर राज्यको ढुवानी अनुदानको नुन र चामलमा बालवालिका प्रयोग भइरहेका छन् । एकजना ट्याक्टर चालकले भने आफुहरुलाई वालवालिकालाई नुन ओसारपोसारमा प्रयोग गर्नु हुन्न भन्ने पनि जानकारी नभएको अर्को उनिहरु धेरै लामो समय देखी गाडि लोड अनलोड गर्दै आएको वताए ।
राज्यले बाश्रम अन्त गर्नुको साटो सरकारी काममानै वालवालिका प्रयोग भइरहेका छन् । प्रमुख जिल्ला अधिकार चेतराज बरालले भने ढुवानीको जिम्मा ठेकेदारको हो, उनिहरुले प्रयोग गरेको हुन सक्ने बताए । बालवालिका प्रयोग भएको भए रोक्न लगाउने र लगाउनेलाई कार्यवाहि गर्ने वताए ।
बाजुरामा मात्र नभई नम्बर शुदुर पश्चिम प्रदेशमै बालश्रम हुने गरेको पाईएको छ । यहाँका स्थानिय बजारमा समेत बालश्रम बढदो पाईएको छ । शुदरपश्चिम प्रदेशका धनगढी, महेन्द्रनगर, अत्तरीया, दिपायल डडेलधुरा लगायतका बजारका होटल र पसलमा वालवालिकालाई कामदारका रुपमा लगाईएको पाईएको छ ।

प्रशासनको पहुँच भएकै ठाँउमा समेत बालश्रम भइरहेको पाईन्छ । कैलालीको धनगढी कञ्चनपुरको महेन्द्रनगर, डोटिको दिपायल बजारमा होटल र पसलमा १४ बर्ष मुनिको वालवालिका कामदारको रुपमा भइरहेको भएपनि कतै बाट अनुगमन नभएको नागरिक समाजका अगुवाले वताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा दुई तिन होटल पिक्ष्ये एकजना वालवालिका कामदारका रुपमा प्रयोग भइरहेका छन् । वालवालिकाका क्षेत्रमा थुप्रै सरकारी तथा गैर सरकारी सस्था काम गर्ने भएको भएपनि वालश्रम हटन सकेको छैन् । होटल, पसल, गाडि र घरेलु कामदारका रुपमा वालवालिका प्रयोग हुने नागरिक समाज बाजुराका अगुवा काशि बिकले वताएका छन् ।
१४ बर्ष भन्दा कम उमेरमा कसैलाई पनि श्रमिकको रुपमा काम लगाउनु हुदैन भन्ने ब्यबस्था रहेको छ । त्यो भन्दा बालवालिकालाई लगाएपनि कति घण्टा काम गराउने कस्तो खाले काममा लगाउने यदि लगाउनु पर्ने अबस्था भएपनि श्रम कार्यलयको अनुमति लिएर मात्र लगाउनु पर्ने रहेको कानुनी ब्यबस्था रहेको छ । वालश्रम ऐन २०५६ ले वालवालिकालाई श्रमीक काममा लगाएमा नगद जरिवाना र कैदको ब्यबस्था रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार