बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • रासकोट अस्पताल निर्माणको लागि इशा गुरुङ्द्वारा २४ लाख संकलन

रासकोट अस्पताल निर्माणको लागि इशा गुरुङ्द्वारा २४ लाख संकलन

  • शुक्रबार, माघ २५, २०७५
रासकोट अस्पताल निर्माणको लागि इशा गुरुङ्द्वारा २४ लाख संकलन

बेलायतमा बस्दै आएकी चर्चित सामाजिक अभियानता अर्थात समाजसेवी इशा गुरुङ् को नेतृत्वमा २४ लाख १ सय रुपैया संकलन भएको छ । पछिल्लो समय कालिकोटमा बन्दै गरेको रासकोट सामुदायिक अस्पताल चर्चा को विषय बनेको छ ।
चर्चित संचारकर्मी रबि लामीछाने को नेतृत्व बन्दै गरेको रासकोट सामुदायिक अस्पताललागि समाजसेवी गुरुङले अहोरात्र खटिएर यति ठुलो रक़म संकलन गर्न सफल हुनुभएको हो ।१५ बेडको लगभग तिन करोड लगानीमा बन्दै गरेको हस्पिटल कर्णाली जनताकालागि मात्रै नभएर नेपालमै एक नमूना हस्पिटलको रुपले लिइएको छ ।
गरिव जनता समयमै उपचार नपाएर अकालमै मृत्यु को मुखसम्म पुगेको धेरै घटनाहरु विगतमा घटिसकेकोले यस्तो अब नहोस भन्दै यस अभियानमा जनता आफै जागरुक भएको देखीन्छ ।ज्यान बेलायतमा भएपनि मन नेपाल मा भएकाले कुनै पनि विरोधिहरुको कुरा नसुनेर देश र जनताकालागि यस्ता अभियानहरुले निरन्तरता पाउने जिकिर गर्नुभयो ।
ओएस नेपाल संग को विशेष कुराकानी का क्रममा इशा गुरुङले भन्नु भो , ‘ राष्कोट अस्पतालको संकलित रकम २४ लाख १ सय रूपिया संकलन भएको जानकारी गराउछु र अभियान पक्कै बन्द गरेको जानकारी पनि गर्दछु ! “
उनले भने अनुसार यो अभियान बन्द भएको र अहिले सम्म उठेको ज़म्मा रक़म २४ लाख १ सय रुपैया रहेको जनाएकी हुन् । देश तथा विदेश बाट मन खोलेर सहयोग गर्नुहुने सवै महान अभियानताहरुलाई विशेष धन्यवाद दिदै अभियान सफल भएकोमा खुसी व्यक्त गर्नु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार