बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बाजुराबासीलाई हँसाउन आउँदै माग्ने बूढा

बाजुराबासीलाई हँसाउन आउँदै माग्ने बूढा

  • शुक्रबार, माघ २५, २०७५
बाजुराबासीलाई हँसाउन आउँदै माग्ने बूढा

बाजुरा : हास्य कलाकार केदार घिमिरे (माग्ने बूढा) बाजुराबासीलाई हँसाउन सदरमुकाम मार्तडी आउने भएका छन्। शुक्रबारदेखि हुने क्रियटर जोन एकेडेमी विद्यालयको ७औँ वार्षिकोत्सवको उद्घाटन सत्रमा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन् माग्ने बूढा बाजुरा आउन लागेका हुन्। मनोरञ्जनात्मक तरिकाले बाजुराको शैक्षिक गुणस्तरमा टेवा पुर्‍याउने उद्देश्यअनुरुप हाँस्यकलाकार माग्ने बूढालाई विद्यालयको वार्षिकोत्सवमा ल्याउन लागिएको विद्यालयका व्यवस्थापक मान बहादुर कार्कीले बताए। माग्ने बूढाका साथमा भद्रगोल टेलिश्रृंखलामा अभिनय गर्ने सीता तिमिल्सेना पनि साथमा आउने कार्यक्रम रहेको आयोजक तथा विद्यालयका प्रिन्सिपल मिन कार्कीले बताए। वैज्ञानिक र रोजगारमुलक शिक्षा आजको आवश्यकता, विश्व प्रतिस्प्रधामा दक्ष जनशक्ति उत्पादनमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित क्रियटर जोन एकेडेमी विद्यालय आफ्नो स्थापनाको ७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन लागेको हो।

चर्चामा

सम्बन्धित समाचार