बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • तनुश्रीले फेरि उठाइन् दुर्व्यवहारको मुद्दा

तनुश्रीले फेरि उठाइन् दुर्व्यवहारको मुद्दा

  • बिहिबार, माघ २४, २०७५
तनुश्रीले फेरि उठाइन् दुर्व्यवहारको मुद्दा

मुम्बई : अभिनेत्री तनु श्री दत्ताले फिल्म ‘हर्न ओके प्लिज’को सेटमा बलिउडका अभिनेता नाना पाटेकरले आफूमाथि यौन शोषण गरेको आरोप लगाएपछि फिल्म इन्डस्ट्रीमा ‘मी टु’ अभियन चल्यो। उनले आफ्नो आरोपमा नानाका साथै राकेश सारंग, सामी सिद्दिकी र गणेश आचार्यमाथि पनि आरोप लगाएकी थिइन्। उनीहरू घटनाको समयमा सेटमा थिए।
तनु श्रीले हालै फेरि एक स्टाटस लेखेर उनीहरू सबैको आलोचना गरेकी छन्। उनले भनिन्, ‘फिल्म ‘हर्न ओके प्लिज’को गीतका लागि मैले नै गणेश आचार्यलाई सिफारिस गरेको थिएँ तर उनले मलाई कुनै मद्दत गरेनन्। मेरो एफआईआरमा सामेल चार आरोपीमा उनको नाम पनि समावेश छ।
मेरो शोषण केवल एक व्यक्तिले मात्रै गरेको होइन, पूरै सेटमा भएकाहरूले गरेका हुन्। म केवल २४ वर्षकी थिएँ र बलिउडमा आफ्नो करिअर बनउँदै थिएँ। गणेशले यसपछि पनि मिडियामा मेरो बारेमा भ्रम फैलाउने काम गरे।’
तनु श्रीले भनिन्, ‘राखी सावन्तद्वारा ममाथि अपमानजनक आरोप लगाउनुको पछाडि पनि गणेशकै दिमाग थियो। म आफ्नो आत्मादेखि नै राखी, गणेश, नाना, राकेश र निर्माता सामी सिद्दिकीलाई श्राप दिन्छु।’

चर्चामा

सम्बन्धित समाचार