बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकी प्रतिनिधिले उत्तर कोरिया भ्रमण गर्ने

अमेरिकी प्रतिनिधिले उत्तर कोरिया भ्रमण गर्ने

  • बिहिबार, माघ २४, २०७५
अमेरिकी प्रतिनिधिले उत्तर कोरिया भ्रमण गर्ने

वासिङ्टन- उत्तर कोरियाका लागि अमेरिकी विदेशदूत स्टेफन बाइगनले उत्तर कोरिया–अमेरिका शिखर बैठकको तयारीका सम्बन्धमा छलफल गर्न बुधबार प्योङयाङको भ्रमण गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जाेङ–उनबीच यसै महिना दोस्रो शिखर बैठक हुने सम्भावना छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार विशेषदूत बाइगन बुधबार सियोल हुँदै उत्तर कोरिया प्रस्थान गर्नेछन्। उनले प्योङयाङमा उत्तर कोरियाली नवनियुक्त समकक्षी किम ह्योक–चोनसँग भेटवार्ता गर्नेछन्। नवनियुक्त चाेन यसअघि उत्तर कोरियाका लागि स्पेनको राजदूत थिए।
दुबैबीच राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको दोस्रो शिखर बैठकका बारेमा छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। दुई कुटनीतिक व्यक्तित्वबीच गत वर्ष जुनमा सिंगापुरमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भएका सहमतिहरुको कार्यान्वयन प्रगतिका बारेमा पनि छलफल हुनेछ।
विदेश मन्त्रालयको वक्तव्यमा दुबै शीर्ष नेतृत्वबीच भएको उत्तर कोरियामा पूर्ण आणविक निःशस्त्रीकरण गर्ने, द्विपक्षीय सम्बन्धलाई रुपान्तरण गर्ने तथा कोरियाली प्रायःद्वीपमा दिगो शान्ति स्थापना गर्ने विषयलाई अमेरिकाले उच्च महत्व दिएको उल्लेख छ। बाइगन दक्षिण कोरियाली अधिकारीहरुसँग छलफल गर्न आइतबार सियोल पुगेका थिए।
आगामी दोस्रो शिखर बैठकमा उत्तर कोरियाको आणविक अस्त्र एवं ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पूर्ण रुपमा बन्द गर्नेबारेमा ठोस सहमति हुने दुबै पक्षले अपेक्षा गरेका छन्। यद्यपी, दोस्रो शिखर बैठकको स्थान र मिति भने सार्वजनिक गरिएको छैन, तर भियतनामले दा नाङ वा हनोईमा शिखर बैठक गर्नेबारेमा प्रस्ताव गरेको छ। योनहाप

चर्चामा

सम्बन्धित समाचार