शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • आज शैक्षिक संस्था बन्द , विद्यार्थीमा बन्द विरुद्ध आक्रोश

आज शैक्षिक संस्था बन्द , विद्यार्थीमा बन्द विरुद्ध आक्रोश

  • बिहिबार, माघ २४, २०७५
आज शैक्षिक संस्था बन्द , विद्यार्थीमा बन्द विरुद्ध आक्रोश

विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आज माघ २४ गते देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ ।
विराटनगरमा संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउको विरोधमा शैक्षिक हड्तालको आव्हान गरेको विज्ञप्तीमा उल्लेख छ । बन्दले आज विराटनगरमा शैक्षिक संस्था बन्द भएका छन् ।
विहानै कलेज हिडेका विद्यार्थीहरु बन्दको कारण घर फर्कनुपर्दा आक्रोशित भएका छन् । विराटनगरको एक कलेजमा पढ्ने विद्यार्थीले आज विहान आक्रोश पोख्दै भने ” कक्षा १२ को विज्ञानको कोर्स सकिएको छैन , परिक्षा नजिक आइसकेको छ , यस्ता बन्दले कोर्स सकाउन गाह्रो पर्छ” । कक्षा १२ को ,परीक्षा मिति नजिक आएको तर कोर्स सकिन नसकेको अवस्थामा विद्यार्थीहरु बन्दले पिडित भएको बताए ।

चर्चामा

सम्बन्धित समाचार