शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • गायक बिक्रम परियारको नजरमा सिर्जु अधिकारी छेपारो झै रङ्ग फेर्ने ब्यक्तीको दर्जामा

गायक बिक्रम परियारको नजरमा सिर्जु अधिकारी छेपारो झै रङ्ग फेर्ने ब्यक्तीको दर्जामा

  • बुधबार, माघ २३, २०७५
गायक बिक्रम परियारको नजरमा सिर्जु अधिकारी छेपारो झै रङ्ग फेर्ने ब्यक्तीको दर्जामा

नेपाली लोक होस् अथवा पप तथा आधुनिक, सबै किसिमको गीतको गायन विधाबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका सिर्जु अधिकारी हिजो आज निकै ब्यस्त रहेकी छिन् ।

दर्शकहरुको मनमा बस्न सफल सिर्जुले फेरी अर्को गीत बजारमा ल्याएकी छिन् । उक्त गीत “आकाश धर्ति जुनको” बोलको रहेको छ । सिर्जु अधिकारी र बिक्रम परियारको सुमधुर स्वर द्वारा सुसजित यस गीतलाई शब्द, संगीत कृष्ण राजा बाबुले भरेका छन् ।

गायिका सिर्जुले सम्पूर्ण संगीत पारखीहरु माझ मेरा पहिलेका सांगीतिक कोसेली जस्तै यस गीतलाई पनि मन परेको खण्डमा प्रक्रिया र शेयर गरिदिनु हुन् अनुरोध गरेकी छिन् । गायन विधामा मात्र नभई मोडलिंग विधाबाट पनि आफ्नो उच्च पहिचान बनाएकी उनको यो पछिल्लो गीत “आकाश धर्ति जुनको” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक ढंगले तयार पारिएको छ ।

भिडियोमा कृष्ण राजा बाबु संग सिर्जु स्वयम् देखिएकी छिन् । यस गीतको म्युजिक भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार