शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • प्यूठानमा करेन्ट लागेर एक जना महिलाको मृत्यु

प्यूठानमा करेन्ट लागेर एक जना महिलाको मृत्यु

  • बुधबार, माघ २३, २०७५
प्यूठानमा करेन्ट लागेर एक जना महिलाको मृत्यु

प्यूठानमा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ । घास काट्ने क्रममा करेन्ट लागेर प्यूठान नगरपालिका ९ सिमलगैराकी २३ बर्षिय निशा भण्डारीको मुत्यु भएको हो । पटक पटक विद्युत प्राधिकरणलाई हाइटेन्स लाईन नजिक रहेको बाँसको रूख काटन आग्रह गर्दा पनि रूख प्राधिकरणले नकाटेकोले दुर्घटना भएको हो । विद्युत प्राधिकरणलाइ पटक पटक रुख काट्न आग्रह गरेपनि प्राधिकरणले ब्यवस्ता गरेका स्थानीयले आरोप लगाएका छन । मरन्ठाना क्षेत्रमा दर्जनौ स्थानमा बिद्युतको लाइनलाई रूखले छुदाँसम्म विद्युत प्राधिकरणले रूख कटानी नगरेको स्थानीयबासीको भनाई छ । करेण्ट लागेर भण्डारीको घटनास्थलमै मृत्यु भएको मरन्ठाना प्रहरी कार्यालय इन्चार्ज टिका कुवरले जानकारी दिएका छन । आज दिउसो करिब २ बजे एक्कासि आगो लागेको देखे पछी स्थानियले प्रहरीलाई खबर गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार