शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • पत्रकार महासंघ बाजुराको आफ्नै भवन बनाउन जग्गा खरिद

पत्रकार महासंघ बाजुराको आफ्नै भवन बनाउन जग्गा खरिद

  • बुधबार, माघ २३, २०७५
पत्रकार महासंघ बाजुराको आफ्नै भवन बनाउन जग्गा खरिद

बाजुरा,
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जिल्ला शाखाको आफ्नै भवन बनाउनका लागि १ सय मिटर जग्गा खरिद गरेको छ । पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जिल्ला सदरमुकाम मार्तडीमा आफ्नै भवन बनाउनका लागि जग्गा धनी बडीमालिका नगरपालिका वडा नं. ९ का गोपालसिंह विकबाट १ सय वर्गमिटर जग्गा खरिद गरेको हो ।
गत साउन १३ गते बसेको पत्रकार महासंघ बाजुरा शाखाको नियमित बैठकले जिल्लामा आफ्नै भवन बनाउनका लागि यस अघि निर्णय गरेको थियो । जग्गा खरिद गर्ने निर्णय गरेसंगै महासंघले बुधबार मालिका माविको छात्रबास भवन जिउला नजिकै आफ्नै नाममा १ सय वर्गमिटर जग्गा खरिद गरेको हो

२०७३ फागुन २२ गतेको पत्रकार महासंघको निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएसंगै महासंघको कार्यसमितिले आफ्नो कार्यकालमा महासंघको आफ्नै जग्गा खरिद गर्ने प्रतिवद्धता जनाएको थियो । बाजुरामा पत्रकार महासंघको स्थापनाकालदेखि हाल एक दशकसम्म भाडामा कार्यालय संचालन हुँदै आएको छ । महासंघले जग्गा खरिद गरेसंगै ०७५ सालभित्रै भवन निर्माणको काम सूरु गर्ने बताएको छ ।
जिल्लामा पत्रकार महासंघको जग्गा खरिद गर्नका लागि जिल्लामा रहेका ९ वटै स्थानीय तहहरुबाट आर्थिक संकलन गरेको र बुधबार मात्रै महासंघको आफ्नै नाममा करिब ७ लाख बराबरको जग्गा खरिद गरिएको पत्रकार महासंघका अध्यक्ष प्रकाश बहादुर सिंहले बताए ।
‘बाजुरामा २०६४ सालदेखि पत्रकार महासंघको जग्गा खरिदको प्रयास थालिएको थियो आज आएर महासंघको नाममा जग्गा खरिद गर्न सफल भएका छौँ ।’ महासंघका अध्यक्ष सिंहले भने ।
महासंघको भवन निर्माणका लागि आवश्यक बजेट तर्जुमा गर्न र संस्थागत विकास गर्न जिल्लाका ९ वटै स्थानीय तह र विभिन्न सरोकारवाला निकायहरुसंग समन्वयकारी भूमिका खेलेर पत्रकार महासंघको भवन निर्माण गर्ने महासंघका सचिब प्रेम विकले बताए ।
महासंघले महासंघको भवन निर्माणका लागि यस अघि ७ सदस्यीय जग्गा खरिद समिति समेत गठन गरेको थियो । उक्त जग्गा खरिद समितिको प्रतिवेदनको आधारमा भवन निर्माणका लागि उपयुक्त ठाउँमा जग्गा खरिद गरेको पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव विकले बताए ।

चर्चामा

सम्बन्धित समाचार