बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • व्यापारी र सुरक्षाकर्मीहरूको सक्रियतामा सडक मर्मत

व्यापारी र सुरक्षाकर्मीहरूको सक्रियतामा सडक मर्मत

  • बुधबार, माघ २३, २०७५
व्यापारी र सुरक्षाकर्मीहरूको सक्रियतामा सडक मर्मत

मदन विक
बाजुरा
बाजुराको सदरमुकाम मार्तडी दुनीहाटबजारका व्यापारीहरुले बजारसम्मको सडक आफै मर्मत गरेका छन् ।
बडीमालिका नगरपालिकाले दुनिहाटबजार एरियासम्मको सडक मर्मतमा कुनै चासो नदिएपछि आइतबार विहानैदेखि बजारका सबै पसलहरु बन्द गरेर व्यापारीहरु र जिल्लाका तिनवटै तहका सुरक्षाकर्मीहरूको सक्रियतामा सडक मर्मतमा लागेका हुन् ।
हाटबजार भित्र अव्यवस्थित फोहर र हिलाम्मे सडक हुन थालेपछि हाटबजारका १ सय ५० बढी व्यापारीहरु, नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी लगायत स्थानीयहरुको सक्रियतामा हिलाम्मे सडक र फोहरलाई व्यवस्थित गर्न लागिएको दुनिहाटबजार व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल नेपालीले बताए ।
जिल्लाको सदरमुकाम मार्तडीको मुुख्य प्रवेशद्धारामा अव्यवस्थित दुनिहाटबजारमा दैनिक फोहर बजार भित्रको हिलाम्मे सडकलाई व्यापारीहरुले व्यक्तिगत रकम खर्च गरेर सडकको स्तरोन्नति गरेको व्यापारी सुरेन्द्रनाथले बताए ।
बजारभित्रको सडक हिलाम्मे र साँगुरो भएकाले जुनसुकै बेलापनि बजार भित्र सवारी दुर्घटना हुन सक्ने भएकोले सडकलाई मर्मत गरिएको दुनी हाट बजार व्यवस्थापन समितिका अध्यक्ष नेपालीले बताए।
दुनी हाट बजारमा गाडी आवतजावत गर्न निकै समस्या हुने गरेको र धुलो धुँवाले ग्राहक, व्यापारी र सर्वसाधारणलाई सकस हुन थालेपछि व्यापारीले रकम उठाएर सडक मर्मत गरेको व्यापारी बुदे कार्कीले बताए ।
उनले भने–‘नगरपालिकाले सडक मर्मतमा कुनै चासो नदिएकाले व्यापारीले सडक मर्मत गरेको हो ।’ व्यापारका लागि राखिएका सामान समेत धुलोले फोहर हुन थालेपछि ढुङ्गा हालेर मर्मत गरेको व्यापारी कार्कीको भनाइ छ ।
जिल्लामा लामो दु्री र छोटो दुरीमा संचालन हुदै आएका प्रति जीपबाट पाँच सय,मोटरसाइकलबाट एक सय,प्रति ट्रकबाट एक हजार ट्याक्टरबाट ढुङ्गा र माटो सहयोग गरेर सडक बनाएको हाट बजार व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेन्द्र नाथले जानकारी दिए । बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले जिल्ला कारागारदेखि जिउला सम्मको सडक निर्माणका लागि पीस एस कम्पनीलाई सहयोग मागेको बताए ।
कम्पनीले उक्त ठाउँसम्म पक्की सडक निर्माण्ढा गर्ने भनेपनि सडक छेउछाउका सडकका जग्गा धनीलाई मुआब्जा दिनुपर्ने भएकाले भौतिक मन्त्रालय सम्म पहल गरेको बताए । सडक क्षेत्रमा रहेका जग्गा धनीले मुआब्जा नदिदा सम्म सडक नबनाउन दिएकाले सडक निर्माण हुन नसकेको नगर प्रमुख बडुवालको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार