शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • प्राकृतिक विपद् न्युनिकरणका लागि पुर्वअभ्यास

प्राकृतिक विपद् न्युनिकरणका लागि पुर्वअभ्यास

  • बुधबार, माघ २३, २०७५
प्राकृतिक विपद् न्युनिकरणका लागि पुर्वअभ्यास

लक्ष्मीराज पाध्याय
बाजुरा
प्राकृतिक विपद्का लागि आकस्मिक पुर्वतयारी, प्रतिकार्य र क्षमता अभिवृद्धि सम्वन्धि तीन एक आकस्मिक पुर्वअभ्यासको कार्यशाला सम्पन्न भएको छ।
बिपत जोखिम न्युनिकरण र व्यवस्थापनमा सरकारी र मानवीय सहायतकर्मी संस्थाहरुलाई तालिम प्रदान गरी आकस्मिक पुर्वतयारी र प्रतिकार्यमा सहयोग पुर्याउने उदस्यले कार्यक्रमकाे अायाेजनना गरिएकाे हाे नेपाल रेडक्रस साेसाईटी बाजुराकाे समन्वय दैबि प्रकाेप उद्धार समितिकाे अायाेजनामा कार्यक्रम सनंचालन गरिएकाे समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए।
विपद् पुर्व तयारी भएका सामग्रीलाई अधिकतम प्रयोग गर्ने थप ज्ञान हासिल गर्न सकिएको सहभागी हरूले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धवसिहं भाटले पुर्व तयारीको हिसावले अगाडि बढे पनि केहि थप नयाँ कुरा सिक्नका लागि यो कार्यशाला महत्वपुर्ण भएको उल्लेख गरेका छन्।
कार्यक्रममा सहभागीले अभ्यासको क्रममा जिल्लास्तरका सरोकारवाला निकायहरुसँग निर्णय लिने र समन्वय गर्नुका साथै घुम्ती भण्डारण इकाइ र दुरसञ्चार उपकारणको स्थापना कार्य जस्ता व्यवहारिक कुराहरुको सिप विकास गर्ने काम गरिएको थियाे ।
विपद् व्यवस्थापन सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने पुर्व तयारी तथा प्रतिकार्यलाई पुर्वचेतावनी प्रणालीसँग प्रभावकारी रुपमा जोड्ने उदेश्यले आयोजित आकस्मिक पुर्व अभ्यास कार्यक्रममा नेपाल सरकार तथा विभिन्न गैरसकारी संस्थाको सहभागिता थियो।
अभ्यासको आयोजना गृह मन्त्रालयसँगको सहकार्यमा सहयाेग कार्यक्रम युनिसेफले गरेको हो।

चर्चामा

सम्बन्धित समाचार