बुधबार, जेष्ठ १६, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • बझाङमा भेडी गोठ पहिरोले पुरिँदा २३ भेडा मरे

बझाङमा भेडी गोठ पहिरोले पुरिँदा २३ भेडा मरे

  • बुधबार, माघ २३, २०७५
बझाङमा भेडी गोठ पहिरोले पुरिँदा २३ भेडा मरे

बझाङ,माघ २३
बझाङमा एउटा भेडी गोठ पहिरोले पुरिँदा २३ भेडा मरेका छन् । सुर्मा गाँउपालिका–१, का दानु बोहराको भेडी गोठ आइतबार गएको पहिरोले पुरेको हो ।
पहिरोमा परेर २३ भेडा मरेका स्थानीय बासिन्दा कलक बहादुर बोहराले बताउनु भयो । भेडी गोठ माथि सडक भएका कारण केही दिन अघिदेखि लगातार परेको वर्षा र हिमपातले माटो गलेका कारण पहिरो गएको उहाँको भनाइ छ ।
माघ १३ गते मात्रै चार लाख पचास हजार रुपैयाँमा खरिद गरी ल्याएका भेडाहरु मरेपछि दानु बहादुर बोहरा र धर्मराज बोहरा चिन्तीत बनेका छन् ।‘भेडा व्यवसाय गरेर जीविका चलाउने सोच थियो,’ दानु बहादुर बोहराले भन्नुभयो, ‘सबै सपना चकनाचुर भयो ।’
आर्थिक स्थिति कमजोर भएका बोहराका दुई दाजुभाइले साहुसँग झण्डै चार लाख ५० हजार ऋण निकालेर भेडा किनेका थिए ।
पहिरोमा झण्डै २ लाख ३० हजार बराबरको क्षति भएको बोहराको भनाइ छ ।
.उज्यालो

चर्चामा

सम्बन्धित समाचार