शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • जाडो सकिने बेला शीतलहर

जाडो सकिने बेला शीतलहर

  • बुधबार, माघ २३, २०७५
जाडो सकिने बेला शीतलहर

धनगढी, २३ माघ ।
जाडो विस्तारै सकिने बेला कैलालीसहित पश्चिम तराईमा शीतलहर शुरु भएको छ । पुसमासमेत यसवर्ष शितलहर नभएको यहाँ माघ अन्तिमतिर शीतलहर शुरु भएको हो । यसअघिसम्म शीतलहर भएको थिएन ।
तीनदिन यता, कैलालीमा मौसम एक्कासी परिवर्तन भएको छ । पश्चिमी क्षेत्रमा वर्षापछि पारिलो घाम लागेर दिउँसो गर्मी महसुस हुने गरेको थियो । तर, आइतबारदेखि फेरी एकाएक हुस्सु लागेर चिसो बढेको छ । अपराह्नतिरमात्रै घाम लाग्ने गरेको छ ।
हुस्सुसंगै चिसो सिरेटो चल्नुकासाथै विहान हल्का शीत वर्षा पनि भइरहेको छ । जाडो विस्तारै हट्ने बेलामा पुनः जाडो महसुस हुन थालेपछि यहाँका स्थानीय पनि अचम्मित भएका छन् । यसवर्ष मङ्सिर, पुसमा नभएको शीतलहर र जाडो माघ अन्तिमतिर महसुस हुन थालेको धनगढीका हर्कबहादुर ओली बताउँछन् ।
‘यो वर्ष मौसम पनि अचम्मको भइरहेको छ’, उनले भने–‘अब गर्मी लाग्ने बेलामा उल्टै जाडो बढ्न थालेको छ ।’ उनले सोमबार चिसो सिरेटो चल्दा अझ बढी चिसो महसुस भएको जनाए ।
बिहानपख अत्यधिक चिसो बढेपछि जनजीवनसमेत प्रभावित भएको छ । जाडो छल्नका लागि स्थानीय व्यक्ति ठाउँ ठाउँमा आगो ताप्न थालेका छन् । यति बेला अचम्मै बनाउने गरी चिसो बढेको धनगढी उपमहानगरपालिका–८ की मनमाया विकले बताइन् । ‘यस्तो त यो वर्ष मङ्सिर पुसमा पनि भएको थिएन’, उनले भनिन् ।
सापेक्षिक आद्रता बढेका कारण केहि दिन यता हुस्सु लाग्नुकासाथै विहानपख शीतलहर पनि चलिरहेको हावापानी फिल्ड कार्यालय अत्तरियाका प्रमुख सिङ्गल चौधरीले बताए । ‘यसवर्ष यो क्षेत्रमा धेरै कुहिरो लागेको थिएन’, उनले भने–‘तर, कुहिरो लाग्ने समय अझै नसकिएकाले केहि दिनबाट मौसममा परिवर्तन देखिएको हो ।’
मौसममा यस्तो परिवर्तन केहि दिनसम्म देखिन सक्ने हावापानी फिल्डक कार्यालयले जानकारी दिएको छ । हुस्सु लागे पनि विहानबाहेक अन्य समयमा त्यति चिसो नरहेको प्रमुख चौधरीले जानकारी दिए । उनका अनुसार न्यूनतम् तापक्रम औसतमा २५ डिग्री सेल्सियससम्म रहँदै आएको छ ।
यसैबीच, हुस्सुका कारण मङ्गलबार धनगढी विमानस्थलमा विहानको उडान पनि प्रभावित भएको छ । विहान लागेको हुस्सुका कारण बुद्ध एयरको विहानको उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए । विहान ८ः१५ बजे बुद्धको पहिलो उडान रहेको थियो । ‘अरु दिन त उडान प्रभावित भएको थिएन’, बुढथापाले भने–‘आज विहानको उडान भने हुन सकेन ।’

चर्चामा

सम्बन्धित समाचार