बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • भोलीबाट देशभर वर्षा, हिमाली क्षेत्रमा हिमपहिरो जाने !

भोलीबाट देशभर वर्षा, हिमाली क्षेत्रमा हिमपहिरो जाने !

  • बुधबार, माघ २३, २०७५
भोलीबाट देशभर वर्षा, हिमाली क्षेत्रमा हिमपहिरो जाने !

काठमाण्डु, २३ माघ – केही दिनेदखि लगातार घाम लागेपछि धेरैले यो वर्षको जाडो सकिएको आशा गरे । कतै तपाईहरु पनि जाडो सकियो भनेर मख्ख नपर्नुस् । यो जाडो भोलीबाट शनिबारसम्म भीषण रुपमा देखा पर्दैछ ।
पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली बुधबारबाट नेपाल प्रवेश गरेकाले आज बिहानैबाट पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको छ । आज दिउँसोदेखि नै यो बादल मध्य र पूर्वतर्फ सर्न थालेको छ । साँझसम्म यसले नेपालको मध्य भाग पनि ढाकिसकेको हुनेछ । यो बादल पूर्वी नेपाल हुँदै नबाहिरिएसम्म मौसममा गडबडी जारी रहन्छ ।
मौसम विज्ञान विभाग अन्र्तगतको बाढी पूर्वसूचना केन्द्रले बाढी पहिरो जाने चेतावनी दिएको छ । केन्द्रले जारी गरेको सूचनाअनुसार मौसम बदली भइ भोली देशभर वर्ष हुुने बताएको छ । महाशाखाले हिमाली क्षेत्रमा व्यापक रुपमा हिउँ पर्ने बताइएको छ । हिमालीक्षेत्रमा हिमपातसँगै हिमपहिरो जाने बताएको छ ।
साथै पहाडी क्षेत्रमा पनि वर्षासँगै पहिरो जानसक्ने महाशाखाले जनाएको छ । केन्द्रद्वारा जारी सूचनामा भनिएको छ, ‘भोली देशको अधिकांश स्थानमा वर्षा हुँदैछ । उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठुलो वर्षा हुन सक्ने देखिएकोले हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहौ । पहाडी क्षेत्रका स–साना खोलाहरुमा आकस्मिक बहाब प्रबाह हुन पनि सक्छ ।’
बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र देशको पश्चिमी साथै मध्य भूभागको एक–दुई स्थानमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना मौसमविदले औंल्याएका छन् । पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना छ ।
बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको र उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।
यसैगरी शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले बुलेटिनमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार