सन् २०१२ मा शुभेक्षा खड्काले मिस नेपालको मञ्चमा ‘मिस नेपाल इन्टरनेश्नल’को ताज आफ्नो पक्षमा पारिन। ताजमाथि कब्जा जमाएसँगै उनीसँग चर्चा र अवसरहरू जोडिए। सुन्दरी प्रतियोगिता भएकाले अवसर उनलाई विशेषगरी नेपाली ग्ल्यामर क्षेत्रमा ज्यादा थियो । सिने क्षेत्रको नजर उनीमाथि त्यतिबेलै थियो तर त्यो उनको रोजाइमा परेन। करिब ६ वर्षपछि उनले नेपाली सिने क्षेत्रमा आउने निर्णय गरेकी छन्। ‘रणवीर’बाट उनको डेब्यू भइसकेको छ।
ताज जितेको ६ वर्षपछिको यो सुरूवात कतिले ‘ढिला भएन र?’ भने पनि उनले ढिलो मानेकी छैनन्।
‘टिभी तथा कार्यक्रम होस्टिङमा मेरो रूचि थियो। सिनेमाको प्रस्ताव आइरहेकै थियो तर मैले टिभी रोजे। सिनेमाका लागि आएका प्रस्तावलाई मैले सकारात्मक रूपमा नै लिदैं आइरहेकी थिएँ। समय बित्दै जाँदा मैले यसलाई राम्रो प्लेटफर्मका रूपमा देखें तर चितबुझ्दो काम आएन। त्यसैले गर्दिन पनि सोचें तर ‘रणवीर’को प्रस्ताव मनपर्यो र गरें।’
सानोमा सिनेमा हेर्दा त्यसमा काम गर्ने रहरले उनलाई नजिस्काएको त होइन तर सिनेमामै आउँछु भनेर ‘स्योर’चाँहि थिइनन्। तर अब उनी सिनेमामा आइ ने सकेकी छन्। उनले यसलाई रमाइलो मान्न थालिसकिन्।
‘रणवीर’का लागि उनलाई कास्टिङ डाइरेक्टर राजकुमारले प्रस्ताव गरेका थिए। उनीले साथीसँगै निर्देशक गोविन्द सिंह भण्डारीलाई भेटिन्, स्क्रिप्ट सुनिन्। उनलाई सिनेमाको स्क्रिनप्ले मनपर्यो।सँगै गएका साथीले राम्रो छ गर्दा हुन्छ भने। अनि स्क्रिप्ट सुनेको एकदिनपछि सिनेमालाई ‘ओके’ भनिन्।
यो सिनेमालाई उनले सोचेजस्तो अवसर मानेकी छिन्।
भन्छिन्, ‘२०१२ मै आएको भएँ मलाई गार्हो हुन्थ्यो होला सायद। मान्छेहरूले चिन्ने र केहि आशा राख्नुहुने भएकाले चुनौती त अहिले पनि छ। कति कुरा थाहा थिएन, सहि निर्णय लिनसक्ने परिपक्व पनि थिइन। विस्तारै १८ वर्षको युवतीबाट काम गर्दै आफूलाई परिपक्व गराउँदै अगाडी बढ्दा निर्णय क्षमता बढ्यो। त्यो हिसाबले ढिला भएको छैन्। राम्रो सुरूवात भएको छ।’
डेब्यू गर्दा उनले सिनेमामा आफ्नो चरित्रमात्र नहेरि सिनेमामा आफ्नो चरित्रले पार्ने प्रभाव र संमग्र सिनेमा बन्दा कस्तो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर लिएकी थिइन किनकी उनलाई लाग्छ कुनै एउटा भूमिक मात्र भन्दा पनि पूरा सिनेमा नै राम्रो हुनुपर्छ।’चरित्रमात्र हेरेको भए सिनेमा पहिले नै गरिसक्थे। मैले पुरा सिनेमालाई हेरें। कथा सुनिरहँदा मेरो दिमागमा घुमिरहेको सिनेमा निर्देशकले सुनाइरहेको सिनेमा राम्रो सिनेमा बनेर आइरहेको थियो। निर्देशकले आफूले के बनाउँदै छु स्पष्ट बताइरहेका थिए। उहाँको त्यो आत्मविश्वासले म सिनेमा गर्न राजी भएँ।’
सुभेक्षा आफूले अभिनयको ‘क ख ग..’ नसिकेको स्वीकार्दै निर्देशकले उनीबाट काम निकाल्नेमा विस्वस्त बनेको सम्झिन्छिन्।
अभिनय कला भएकाले सिकेरमात्रै गर्न सकिन्छ भन्ने सुभेक्षालाई लाग्दैन।’यस सिनेमाबाट राम्रो प्रतिक्रिया पायो भने म आगामि सिनेमाका लागि के कस्तोगर्नुपर्छ, सिक्नुपर्छ तयार छु। सिक्न चाहन्छु।’सिनेमा गर्ने तय भएपछि उनले ‘स्क्रिनमा आफू कस्तो देखिन्छु, सहि एक्सप्रेसन दिने कुरालाई ध्यान दिइन्।’दुई महिनाको वर्कसपमा यिनै कुराहरूमा उनको मेहनत रह्यो। वर्कसपमा सिनेमालाई थप बुझिन्।
सुटिङ्मा गएपछि उनले सिनेमा सजिलो काम नभएको पनि चाल पाइन्।’अभिनय साधारण काम होइन रहेछ। यो त गहिरो कुरा रहेछ। संवेदनालाई प्रस्तुत गर्न सक्यो भने राम्रो तर सकेन भने दर्शकले नसकेको कुरा समातिहाल्नुहुन्छ। पर्दामा गरेको कुरा अभिनय जस्तो लाग्न भएन, स्वभाविक देखिनुपर्यो। र यो गर्न एकदमै गार्हो हुनेरहेछ।’
यस्तो बुझेकी शुभेक्षाले सिनेमामा कति गर्नसके त्यसको लेखाजोखा गर्ने जिम्मा दर्शकलाई छोडेकी छन्।
भन्छिन्, ‘सिनेमा सोचेजस्तै बनेको छ, बाँकी त दर्शकको कुरा हो।’कुनै पनि कामका लागि त्यसलाई अझ परिस्कृत बनाउने, सुधार्ने ठाउँ हमेशा हुन्छ।
‘रणवीर’मा काम गरिसकेपछि डबिङ गरिरहँदा आफूलाई सुधार्ने धेरै ठाउँ देखेकी छन्।
‘काम गरिरहँदा जहिले पनि बेस्ट दिएँ जस्तो लाग्छ तर जब गरेको काम हेरिन्छ तब मैले अझै गर्न सक्थे लाग्छ। मलाई पनि लागेको छ। कति सिनमा म यो भन्दा राम्री देखिन र गर्न सक्थे लागेको छ’, उनले भनिन्, ‘मैले सिकेको अर्को कुरा भनेको कलाकार भइसकेपछि म कति राम्री देखिने भन्दा पनि गरिरहेको पात्रमा सहज हुनु र देखिनु महत्वपूर्ण हुने रहेछ। निर्वाह गरेको पात्रमा दर्शकलाई चित्त बुझाउन सक्यो भने अभिनय राम्रो हुने बुझें।’
यी कुरामा आउँदो दिनमा थप सहज हुने उनको सिकाइ छ।
सिनेमामा काम गरिसकेपछि उनले कलाकारका रूपमा आफ्ना राम्रा र नराम्रा कुरा खुट्क्याएकी छन्।
‘हिरोइन भनेपछि सबैमा एउटा काल्पनिक चित्र बनेको हुन्छ। तर, सबै त्यो चित्रसँग दुरूस्त हुँदैन्। त्यसैले आफू जे हो त्यो स्वीकार्नुपर्छ। त्यसैले मलाई मानिसले सुन्दरी हिरोइन भन्दा पनि राम्री अभिनेत्री भनिदिउन्। पात्रका रूपमा मैले त्यसको सिमामा आफूलाई प्रस्तुत गर्नुपर्छ। पात्रको परिस्थितिमा म स्वभाविक देखिनुपर्ने कुरा मैले अझै सिक्न बाँकी रहेछ। फिटनेसमा पनि ध्यान दिनुपर्नेछ मैले।’
आफ्नो पहिलो सिनेमा भएकाले शुभेक्षा दर्शकले अभिनयलाई राम्रो भनुन् भन्ने आशामा छिन्। यसमा गरेको कामबाट अर्को सिनेमामा राम्रो रोल पाए त्यो आफ्नो कमाइ हुने उनको भनाइ छ।’दर्शकले राम्रो भनेको सुन्नेसँगै मलाई आगामी दिनमा वायोपिक, प्रेरणादायी र महिला केन्द्रित सिनेमा गर्ने इच्छा छ। त्यस्ता सिनेमाका लागि मलाई सम्झनुभए हुन्छ।’आफ्नो सिनेमाको कथा दर्शकले मनपराउने उनको दाबी छ। यस सिनेमामा दर्शकले स्क्रिनप्ले र सिनेम्याटोग्राफी रूचाउने उनको आशा छ। संमग्र सिनेमाको फ्लेवर दर्शकलाई मनपर्ने उनी बताउँछिन्।