शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • सालको पात टपरीका सर्जक माथि उल्टै मुद्दा लाग्न सक्छ

सालको पात टपरीका सर्जक माथि उल्टै मुद्दा लाग्न सक्छ

  • बुधबार, माघ २३, २०७५
सालको पात टपरीका सर्जक माथि उल्टै मुद्दा लाग्न सक्छ

२२ माघ । बाजुरा ।
नेपाल आईडल रवि ओडले एउटा कन्सर्ट कार्यक्रममा अहिलेको चर्चित गित सालको पात टपरी गाउदा बिगारेको भन्ने विषयमा मिडिया तथा सामाजिक सन्जालमा रवि माथि लागेको आरोपले एउटा बहसको सिर्जना गरेको छ । उक्त गीतका सर्जक तथा गीतकार बसन्त थापाले रवि ओडले आफ्नो गीत बिगारेर गाएको आरोप लगाए पछि यो विषयले उग्र रुप लिएको हो । मिडिया मार्फत आएको उक्त विवादको विषयमा पक्ष र विपक्ष भई अहिले ठुलो चर्काचर्की समेत भएको देखिन्छ ।
गीत संगितका साधकहरुले एकले अर्काको सम्मान गर्नुपर्छ । तर आफु ठिक हुँ, उसको कार्य गलत हो भन्ने मानसिकता कलाकारितामा राम्रो मानिदैन । आफ्ना कमीकमजोरी स्वीकार गर्न सक्नुपर्छ । असल हामी त्यसैलाई मान्छु । नेपाली गीत संगीतमा योगदान पनि उसैले गरेको ठहरिन्छ ।
बसन्त थापा नेपाली लोकगीतको अब्बल दर्जाका सर्जक हुन् । अहिले चर्चामा रहेको गीत सालको पात टपरी मात्रै होइन, थापाले सिर्जना गरेका यस भन्दा अघिका थुप्रै गीतहरु राम्रा छन् । चर्चित सुन्न लायक छन् । त्यस्तै रवि ओड भर्खर मात्रै दोस्रो नेपाल आईडलबाट बिजेता बनेका नव गायक हुन् । रविमा ठुलो सम्भावना छ । अहिले आफु भित्रको त्यो सम्भावनालाई बाहिर ल्याउने दौडमा छन् रवि ।
विषय– बसन्त थापाले रवि माथि आफ्नो गीत बिगारेर गाएको र सोही विषयले फैलिएको संशयको हो । रवि ओडले बसन्त थापाको गीत सालको पात टपरी एउटा विदेशमा भएको कन्सर्ट कार्यक्रममा गाएका थिए । नैतिक हिसावले एक जना सर्जकले अर्काको सिर्जना प्रस्तुत गर्नुपर्दा प्रस्तुती अघि यो सिर्जना यो सर्जकको हो भनी सम्झनु पर्ने कुरा प्रस्तुतीमा बिर्सनु हुँदैन । किनकी नेपालमा धेरै जसो सर्जकहरु सम्मानमा नै बाँचेका छन् । उसको सिर्जना गाएर मञ्चबाट गडगडाहट तालीको अपेक्षा साँच्ने कलाकारले त्यो सिर्जनाको सर्जकलाई बिर्सनु हुँदैन । सर्जकको सम्मानमा साँच्चै खडेरी छ नेपालमा ।
रवि ओड नवगायक हुन् । रविले यो यो गीत गाउने बेला बसन्त थापाकाे नाम सम्झनु पर्नेमा बिर्सेका छन् । जुन कुरा रवि स्वयमले बसन्त थापासँगको गोप्य वार्ता मार्फत माफी मागी सकेका छन् । सिक्दै गर्दा गरुला सोचेका कुरा स्टेजमा उक्लदा छुट्छन् कहिले, यसलाई स्वभाविक मान्नु पर्छ । तर जानी जानी नियतवस छुटाउनु सिर्जना र सर्जक माथिको अन्याय हो ।
गोपनीयतामा नैतिकता जोडिएको हुन्छ र यसलाई सुरक्षित गर्न सकिएन भने व्यक्तिको प्रतिष्ठा गुम्ने खतरा हुन्छ भन्ने हेतुले नै गोपनीयताको विषय संविधान मार्फत सुरक्षित गरिएको हो । तर रवि ओडले माफी मागेको गोप्य वार्तालाप यसरी मिडिया मार्फत बाहिर ल्याउन हुन्छ की हुँदैन भन्ने विषयलाई यहाँ ध्यान दिईएको छैन । बसन्त थापाको भनाईलाई नै हेर्ने हो भने पनि रवि ओडले सालको पात टपरी गीत बिगारेर गाएको छैन । उनले गाउँदा शब्द छुटाएका छन् । शब्द छुटाउनुलाई बिगार्नुको अर्थमा बुझ्नु हुँदैन । फेरि हजारौँ दर्शकको आग्रह पछि तयारी बिना सो गीत स्टेजमा गाउन बाध्य बनेको कुरा रविले मिडिया मार्फत नै स्पष्ट पारि सकेका छन् । उनको यो स्वीकारोक्तीबाट रविले गलत मनसाय तथा गीतप्रति नराम्रो भ्रम फैलाउने उद्देश्यले गाएको होइन भन्ने बुझिन्छ ।
यति हुँदाहुँदै पनि रविले माफी मागेको कुरा समेत बाहिर ल्याउनुको पछाडी बसन्त थापाको नियत सफा छैन भन्ने देखिन्छ । बसन्त थापाले लगाएको आरोपसँगै माफी माग्दा माग्दै सोही विषय बाहिर ल्याउनुले रवि ओडको बेइज्जती फैलाउनु र लाखौँ दर्शकका अगाडी रविको नियत खराव देखाउनु हो । यहाँ रविको गल्ती केही छैन । गल्ती बसन्त थापाले गरे बरु । कसैको बेइज्जती हुने किसिमले, कसैप्रति नराम्रो भ्रम र आशंका फैलाउने किसिमले कार्यव्यवहार गर्न पाईदैन, यसलाई कानूनले दण्डनिय बनाएको छ ।
रवि ओडले आफ्नो कमजोरीलाई मिडियाका अगाडी स्वीकार गर्न सक्ने तर बसन्त थापाले रविको यो बेइज्जती गरेको कुरालाई माफी माग्नु पर्ने की नपर्ने ? एउटा सामाजिक पहिचान बनाई सकेको व्यक्तिका विरूद्ध बेइज्जती फैलाउने गरि भएको याे कार्य गैरकानूनी छ । सालको पात टपरीका सर्जक बसन्न थापा माथि याे विषयमा उल्टै मुद्दा लाग्न सक्छ ।

चर्चामा

सम्बन्धित समाचार