प्रतिनिधिसभा निर्वाचनः एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ सकियो
काठमाडौं —आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन (प्रत्यक्षतर्फ)का लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले आजसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, […]