नेपाल पत्रकार महासंघको नवनिर्वाचित कमिटीको पहिलो बैठकका चार निर्णय
नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रीय समितिको आज पहिलो बैठक बसेको छ । बैठकले चारवटा निर्णय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए । बैठकले २७ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासंघको निवर्तमान कार्यसमिति, तीनै तहका निर्वाचन समितिहरू, सरोकारवाला संघसंस्था, महासंघका सदस्यहरू, महासंघ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलगायत सबै पक्षप्रति धन्यवाद […]