ओलीको राजनीतिक प्रतिवेदन : प्रचण्डको दाउपेचका कारण नयाँ राजनीतिक कोर्ष
काठमाडौँ— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक दाउपेच, अवसरवाद र अस्थिर सोचका कारण उनीसँगको सहकार्य टुटेको बताएका छन् । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डमा हावी अवसरवाद, अस्थिर सोच, आडम्बर र दाउपेचका कारण राजनीतिक स्थायित्व, सुशासन र विकास तथा जनतामा आशा भरोसा जगाउने पार्टीको […]