सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ। सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो । महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा […]