कानूनसहित तीनवटा समितिको बैठक बस्दै
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानवअधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ । […]